समाजिक कुरीति विरुद्ध हामी सबै लागौं- प्र जि अ सापकोटा

 

 रामबाबू मेहता- चैत २८,   समाजिक कुरीतिका विरुद्ध हामी सबै आअफ्ना ठाउँ बाट लागे मात्र समाज सुधार गर्न सकिने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा ले बताउनु  भएको छ । जिल्ला प्रशासन कार्यालयको सभा कक्षमा आज समाजिक कुरीति र लागू औषध विरुद्ध सरोकारवालाहरु सङ्ग गरिएको अन्तर क्रिया कार्यक्रममा उहाँ ले यस्तो बताउनु भएको हो । जिल्ला प्रशासन कार्यालय को आयोजना तथा जन जागरण युवा क्लबको सहकार्यमा सम्पन्न भएको सो अन्तर क्रिया कार्यक्रम मा जिल्ला मा घटी रहेको समाजिक अपराधका घटनामा दिनहु वृद्धि हुँदै गएको डाटा प्रहरी कार्यालय मार्फत प्रस्तुत गरिएको थियोे ।सो डाटाका अनुसार २०७९/८० घरेलु हिंसा ६ सय ४६ समाजिक हिंसा सात सय२२ बहु बिबाह ७  यस्तै अमानवीय ब्यवहार ३ समाजिक अपराध २सय ८२ र आत्म हत्याको ७२ वटा मुद्दा रहेको छ । यस डाटाक अनुसार बारा जिल्लामा हिंसाको घटनामा वृद्धि भइरहेको बोध गराएको छ । यस्ता समाजिक कुरीति हटाउन जिल्लामा विभिन्न गैरसरकारी सरकारी संघ संस्था लागे पनि यस्ता घटनामा कमी नहुनु को कारण बारे पत्रकारमहा संघ  बाराका उपाध्यक्ष रामबाबु मेहताले प्रश्न गरेका थिए । उक्त कार्यक्रममा  बोल्दै  प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले यस्ता किसिमको अपराध या भइ कुनै पनि अपराधी गति बिधिबारे आफुलाइ वा प्रहरीलाई जानकारी गराउन अनुरोध गरे । परिवर्तन हामी सबैको  साझा जिम्मेवारी भएकोले सबैको बिच सहयोग र सहकार्य गर्दै अगाडि बड्दै समाज बाट  समाजिक कुरीति र बिक्रीतीलाई हटाउनु पर्ने अहिलेको आवश्यकता रहेको कार्यक्रमका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी  सापकोटालेबताउनु भयो .

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close