रामराजा कयाम्पसलाई नमुना बनाउने प्रयत्न गर्ने छुः मन्त्री साह

कलैया , पौष १५
भौतिक पुर्वधारका लागि आफ्नो तर्फबाट आउने बजेटमा स्विकृत गराई सक्दो सहयोग गरि यस रामराजा क्याम्पसलाई शिक्षाको क्षेत्रमा नमुना बनाउने रामराजा मो वि शाह क्याम्पसको वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका नव नियुक्त विना विभागिय मन्त्री ज्वाला साहले बताएकी हुन्। अभिभावकको आफ्ना बच्चा प्रति आशा र भरोसा रहेकोले विद्यार्थीले आफ्ना पूरा धयान पढाईमा लगाउनु पर्ने आवश्यक रहेको बताईन्।आफ्ना अभिभावकको सपना पूरा गर्न विकृत मान्सिक्ता त्यागेर आमाबुवाको सपना पूरा गर्न कुनै कसर बाँकि राख्नु हुदैन भन्ने सुझाएकी छन्।शिक्षाले समाज बदल्न आँट र साहस मिल्छ।कलाश चलुन्जेल केवल पढाइमै ध्यान केन्द्रित हुनु पर्छ। यो क्याम्पसमा विद्यार्थीलाई कसरी सहुलियत गराउने यसतर्फ निरन्तर प्रयत्न रहने रामराजा मोवि क्याम्पसका ४१ औं वार्षिकोत्सव र अभिभावक दिवस तथा १५ औं क्याम्पस सभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन्। क्याम्पसको वार्षिक उत्सवमा विभिन्न खेलको प्रतियोगितामा प्रथम र दोस्रो हुने विजेता विद्यार्थीलाई मेडल सिल्ड प्रदान गरेकी हुन्।। यसै क्रममा कबडी खेलमा प्रथम र खोखो र भलिवलमा दोस्रो भएका वि एड अध्ययनरत विद्यार्थी सरोज दास र टिमलाई लगायतकालाई मन्त्रि साहले सम्मान गरेकी हुन्।
सोही अवसरमा कलैया उप महा नगरपालिकाका नगर प्रमुख विनोद साहले गरिब दलित र अपाङ्ग विद्यार्थीको शुल्क नगरपालिकाले तिर्ने बताएका छन्। छात्रवृति के हो व्यवस्थापन समितिले जानुन् तर यथासिघ्र विपन्न वर्ग जसको आर्थिक अभाव छ, जग्गा जमिन छैन,घरमा जागिर छैन, पैसाको अभावमा पढाईको रहर हुदा पनि पढन नसक्नेलाई नगरपालिकले सम्पुणर् शुल्क तिरी दिने उदघोष गरेका छन्।
अपाङ्ग गरिब दलितले क्याम्पसमा शुल्क तिर्नु पर्दैन ।क्यापसको भौतिक पुर्वाधारको लागि अगामि बजेटबाट पचिस लाखसम्मको लगत ईस्टिमेट सहित प्रस्तावना सहित पेश गरेमा व्यवस्था मिलाउने अनि गरिब दलित विपन्न विधार्थीको शुल्कको लागि ५/७ लाख नगरपालिकाबाट प्रदान गरिने उनले बताए । संघिय बजेटबाट यस क्याम्पसलाई पुर्वाधार निर्माणमा ५ करोड व्यवस्थापन गराउन मन्त्री साहलाई आग्रह गरेका थिए । शिक्षाको नाममा पुर्वाधार मात्रै नभई शिक्षाको गुणस्तरमा जोड दिनु पर्ने नागरिक समाजका बाराका अध्यक्ष उमेशलाल दासले बताएका छन्। ज्येष्ठ क्याम्पस तल देखि माथिसम्म एउटै सरकार जनप्रतिनधि र संयोगले यसै जिल्लाले मन्त्री पाएको छ निश्चित रुपमा शिक्षा क्षेत्रको सवालमा गुणस्तरियता र पुर्वधारमा फडको मार्नु पर्ने नागरिकले अपेक्षा राखेको उनले धारणा राखेका थिए । सोहि अवसरमा सुरेश मोदक , एम समिउल्लाह , अध्यनन्द पाण्डे गैससका वृजमोहन कुश्वहा लगायतकाले आफ्ना शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जिल्लाका जेठो क्याम्पस भए पनि अपेक्षाकृत शिक्षाको गुणस्तरमा सुधार हुन नसकेको वक्ताहरुले औंल्याएका थिए । क्याम्पस संचालक अधयक्ष प्रभु पटेलको अध्क्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जङगबहादुर चौरसिया र कार्यक्रमको उद्देश्य र क्याम्पसको ईतिहास र शिक्षाको प्रगति गतिविधि सहित स्नातकोत्तर तहसम्मको अध्य्यनबारे बताएका थिए भन्ने संचालन अमीत मिश्राको रहेका थिए । कलैया उमनपाका उप प्रमुख रौशन प्रविण ,जनप्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close