भोगचलन गर्दै आएको बस्तीको जग्गा अर्कैको नाममा भेटेपछि २३ घरपरिवार बिचलीमा

कलैया । लामो समय देखि भोगचलन गर्दै आएको बस्तीको जग्गा अर्कैको नाममा भेटेपछि २३ घरपरिवार बिचलीमा
लामो समय देखि भोगचलन गर्दै आएको बस्तिको जग्गा अर्कैको नाममा भेटेपछि २३ घरपरिवार बिचलीमा पडेका छन् । बस्तीका घरपरिवार पिडितहरु त्रसित भैइ जग्गा फिर्ताको मांग गरेका छन । उक्त जग्गा प्रकरण महागढीमाई नगरपालिका २ बरैया टोलको रहेका छन । स्थानीय राजा साहब भन्ने स्व बिरभद्र बिक्रम साहको नाममा रहेको साबिक गाबिस बरियारपुर वडा न ५ हाल महागढीमाई नपा २ को किता न ४१३ को ७ कठा १ धुर जग्गा स्थानीय तेईस घरपरिवारले साठी भन्दा बढी बर्ष देखि अघि स्थानीय मंगल राउत बरै लाई पैसा दिइएर खरिद गरेको पिडितहरु बताउछन । त्यतिबेला स्व बिरभद्र साहको नाममा सो जग्गा रहेको वहाको मुनिफ र मुनसिको काम गर्ने मंगल राउत बरैले सो जग्गा धनीसाह लाई ललाई फकाई बिन्ती गरी आफ्नो नाममा दर्ता गराउन सफल भएका छन् ।
आफ्नो नाममा बि स्ब २०४२ सालमा जग्गा हात पारेपछि अहिले आएर सो जग्गा मेरो हो भन्दै मंगल राउत बरैले बस्ती खाली गराउन दबाब दिदै आएको पीडित रामेश्वर महतोले बताए । स्व बिरभद्र साहले बस्तिको जग्गा स्थानीयलाई फिर्ता गर्न त्यतिबेलाको मुनसी मनेजर मंगल राउत बरैलाई पटकपटक भन्दा पनि पछि नाममा गर्ने भन्दै पंछिएका अर्का पीडित बिशुनदेयाल बैठाले पत्रकार सम्मेलनमा जानकारी गराए । महागढीमाई नपा वाडा नं.२ अस्पताल रोड संगै जोडिएको सो जग्गामा स्थानीय बिश्वनाथ कुशवाहा , पुनदेव यादव ,सुनदेव यादव ,रामदेव यादव , रामदेव चौरसिया ,सोनालाल ठाकुर , बिशुनदेयाल बैठा , शिव देयाल बैठा ,मुखलाल सहनी ,बिश्वास चौरसिया ,रामपरिक्षण कुशवाहा ,शिवचन्द्र चौरसिया ,रामेश्वर महतो ,बिन्दा कुशवाहा ,बद्री सहनी ,आनन्द महतो , पन्नालाल ठाकुर , छोटेलाल ठाकुर , भनु ठाकुर , दिनेश चौरसिया , बिनोद चौरसिया लगायत तेईस घरधुरीको बस्ती रहेका छन । स्व बिरभद्र साहको मुनसी मनेजर रहेका मंगल राउत बरैले नै आफुहरु संग पैसा लिइ घर बनाउन दिइएको अहिले आएर सो जग्गा आफ्नो भएकोले थप रकम दिइए मात्र जग्गा फिर्ता गर्ने पत्रकार सम्मेलनमा पीडितले जानकारी गराए । बिगत लामो समयदेखि भोगचलन गर्दै आएको सो बस्तिको जग्गा फिर्ता गराई दिन स्थानीय निकाए , प्रहरी प्रशासन संग पीडितले गुहार लगाएका छन । यता जग्गाधनी भनिएको मंगल राउत बरैले बस्तिको जग्गा आफुले स्व बिरभद्र साह संग किनेको दाबी गर्दै आएका छन ।






