पर्दाफास अनलाईनको पुर्वाग्रही समाचारले यातायात कार्यालय कलैयाका प्रमुख दास सहितकालाई बदनाम गराउन खोजे, भ्रामक सामचार प्रति आपति जनाउदै निकाले विज्ञप्ती

जेठ १९, कलैया l यातायात व्यवस्था कार्यालय कलैयाका कार्यालय प्रमुख अविन्दर दास कार्यालयमा हाजिर भए यता राजस्व संकलनमा उत्साहजनक वृद्धि भएको छ। सावन देखि जेठ ६ गतेसम्मको मात्रै तथ्याङ्कले सवारी करको विभिन्न शीर्षकमा साढे आठ करोड राजस्व संकलन भएको छ। कार्यालय प्रमुख दास माघ ८ गते देखि कार्यालयको जिम्मेवारी सम्हालेका आफ्नो कार्यकालको छोटो अवधी मै मासिक राजस्व रु.६१ लाखले बढेको दाबी गरेका छन् । सो कुराको पुष्टि तथ्याङ्कले पनि गर्दछ। प्रमुख दास आउनु अघि कार्यालय अव्यवस्थित थिए, कर्मचारी व्यवस्थापन अभावमा सेवाग्राहीको असन्तुष्टि रहदै आएको थियो। बाह्य जिल्ला यहाँसम्मकि कार्यालय कलैया उपमहानगर -३ गंगापुरमा टिक्नै नसक्ने अवस्थाको अडकललाई चिर्दै चुस्त दुरुस्त कार्यालय व्यवस्थापन सँगै सेवाग्राहीले छिटो छरितो सहज रुपमा कर तिर्न र सवारी लाइसेन्स प्राप्त गर्न पद्धति उनले बसाए।
यस अघि महिनामा एक दुईचोटि लाइसेन्स खुल्ने गरेको थियो र लिखित परीक्षा हप्तौसम्म भएर पनि ट्रायलको लागि कुर्नुपर्ने अवस्था थियो। तर अचेल प्रमुख दासले यो व्यवस्थालाई बदलेर एकै दिन लिखित र ट्रायलको व्यवस्था मिलाएर आज भोली मै हुने भएपछि समयको बचत र अनावश्यक फजुल खर्च हुनबाट जोगाएको सेवाग्राही महागढीमाई नगरपालिकाका रामविनय यादवले बताए।
यातायात कार्यालय जिल्ला स्थित कलैयामा नहुँदा बाराली जनताले अनेकौं सास्ति र झन्झट बेहोर्नुपर्ने बाध्यता रहेका थिए। एक दिनको कामको लागि महिनोसम्म कुर्नुपर्ने अवस्था रहेका थिए। मधेस सरकारको नीति अनुरुप यस जिल्लामा पनि यातायात कार्यालयको स्थापना भएदेखि बाराली नागरिकले यो सेवा आफ्नै जिल्लाबाट पाउने सहजता पाएको हो। सुविधा सम्पन्न ट्रायल सेन्टरबाट अन्य जिल्लाबाट समेत रू सय कम शुल्क लिई सेवा दिन वातावरण सहित मिलाईएको छ। वर्षा ड्राइभिङ एण्ड ट्रायल सेन्टरबाट सम्झौता बमोजिम कार्यालयबाट एकदम नजिक दुई मिनेटको दुरीमै लिखित ट्रायल दिईने र यता सवारीको नविकरण लगायत विभिन्न कर तिर्न सक्ने दुईटै काम एकै दिनमा हुने गरेकोना सेवाग्रही कार्यालयको कामकाज सेवाप्रति सन्तुष्ट रहेको सुमन पटेलले बताए।
यस कार्यालयबाट हुने सेवा प्रभावहरू कार्यालय प्रमुख दासको अग्रसरता र कार्यदक्षताले छिटो छरितो र सहज ढंगले हुन थालेपछि जिल्ला लगायत बाह्यका सेवाग्राहीहरूको चाप बढेकोले यस कार्यालयबाट राजस्व उठाउने दरमा मधेस प्रदेश भरिमा अग्रणी स्थान ओगेटेको छ। 
यसरी केही निहित स्वार्थ पूर्तिको लागि भ्रामक र तथ्यहीन समाचारहरू प्रकाशन प्रसारण गरेर कार्यालय प्रमुख दास लगायत अन्य कर्मचारीलाई बदनाम गराउने नियत उजागर भएको छ। समाचारको समान्य नम्स समेत पूरा नगरी लेखिएको यस्ता समाचार निजि स्वार्थ पूर्तिको लागि भएको आम जनमानसमा अविश्वासलाई थप पुष्टयाईएको हो। यस्तै कार्यालयको कर्मचारी नै नभएको मानिसको सिकेन्द्र दासको नाम जोडी समाचार सम्प्रेषण गरि चरित्र हत्या गर्ने काम समेत अशोभनीय र पूर्वाग्रही भएको अपुष्ट समाचारले कानुनन रूपमा दण्डनीय रहेको बुझ्नु करुरी रहेको छ।
यसरी अनावश्यक रुपमा गरिएको बदनामीबाट आजित भई कार्यालयले विज्ञप्ति निकाली नेपाल पत्रकार महासङ्घ बारा र पर्सा शाखालाई गुहारेको र अन्य निकायलाई समेत ध्यानाकर्षण गराएको छ।
पर्सा जिल्ला स्थित पर्दाफास मिडिया प्रा.लि. द्वारा सञ्चालित “Pardafasdaily.com” Online बाट मिति २०८२।०२।१८ गते “यातायात व्यवस्था कार्यालय कलैयामा घुसको रकम फलाफाल अख्तियार दुरुपयोग मौन” शीर्षकमा प्रकाशित समाचार प्रति यस कार्यालयको गम्भीर ध्यानकर्षण भएको छ । मधेश प्रदेशको राजश्व उठतीको प्रमूख कार्यालयको रुपमा रहेको यस कार्यालयबाट राष्ट्रसेवक कर्मचारी द्वारा प्रचलित ऐन कानून वमोजिम सेवा प्रवाह गरिरहेको अवस्थामा राजश्व उठ्तीमा समेत प्रतिकूल असर पर्ने गरी पत्रकार अचारसंहिता विपरीत कार्यालयको राय प्रतिक्रिया समेत नबुझी आफ्नो निजि स्वार्थ पूर्ती नहुने देखिएपछि कार्यालय प्रमूख लगायत ईमान्दारीका साथ कानून बमोजिम कार्यसम्पादन गरिरहेका ट्राफिक सहित राष्ट्र सेवक कर्मचारीहरुमाथी व्यक्तिगत रिसराग राखी कर्मचारीहरुको मनोवल गिर्नेगरी चरीत्रहत्या हुने किसिमको समाचार प्रकाशित भएको कार्यालयको ठहर छ । यस्ता किसिमका झूठा, कपोकल्पित, भ्रामक, आधारहिन तथा तथ्यहिन समाचार प्रती विश्वास नगर्नहुन सम्पूर्ण सरोकारवाला निकाय/संघ संस्था व्यक्तिहरुमा अनुरोध छ । 
पुनश्चः कार्यालयवाट प्रवाह हुने सेवाको विषयमा कुनै किसिमको दुविधा वा गुणासो वा केही बुझनुपर्ने विषय भए यस कार्यालयको सूचना अधिकारी अधिकृत छैठौ श्री जीवरमण पौडेल तथा कार्यालय प्रमुख संग प्रत्यक्ष कार्यालयमा भेट गरी सम्पर्क गर्नहुन समेत अनुरोध गरेको छ ।
चालु आ.व .२०८१/८२ को साउन १ गतेदेखि जेठ ६ गते सम्मको ८ महिना ५ दिनको अवधिमा ८ करोड २१ लाख ७० हजार १ सय ३२ रुपैया बराबरको राजस्व संकलन गरेको कार्यालय प्रमुख अविन्दर दासले बताए
साथै सो कार्यालयले सबैभन्दा बढी सवारी कर शीर्षकमा राजस्व संकलन गरेको हो ! जसमा ३ करोड ८३ लाख ८७ हजार रुपैया संकलन भएको प्रमुख दासले जानकारी गराए। कार्यालयले सार्बजनिक गरेको तथ्यांकअनुसार अनुमती पत्र पास (नयाँ) शिर्षकबाट रु.एक करोड ७९ लाख ६५ हजार राजस्व संकलन गरिएको छ। त्यसपछि अनुमति पत्र दर्ता (नयाँ ) शिर्षकमा रु. ८३ लाख ७६ हजार तथा पटके शिर्षकबाट रु. ३९ लाख ९२ हजार ४० संकलन भएको तथ्यले देखाएको छ। साथै दर्ता थपमा रु. ३३ लाख ६२ हजार र नवीकरण शिर्षकमा रु. २७ लाख १६ हजार राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ। सवारी नवीकरण ,विविध ,शुल्क आयकर र अन्य शिर्षकहरुबाट पनि मनग्य आम्दानी भएको तथ्यांकले देखाएको छ।
कार्यालय प्रमुख दासले भन्नुभयो कि सेवाग्राहीलाई सहज रुपमा पनि सेवा, सुबिधा प्रदान गर्ने कार्यामा कुनै चुक नहुने दोहोर्याउनु भयो। उनका अनुसार सेवाप्रवाहलाई सहज,पारदर्शीता र जनमुखी बनाउन कुनै कसर बाँकी नरहेको बताए । कर्मचारी ब्यवस्थापन,अनुगमन र प्रबिधिको प्रयोगमा विशेष ध्यान दिईएको छ। दासका अनुसार डिजिटल प्रणालीको प्रभाकारिताले सेवाग्राहीहरु संतोषजनक रहेको छ। राजस्व तिर्न र सवारीसाधन सम्बन्धि काम गर्न सजिलो भएको छ। 
भारतीय सीमावर्ती क्षेत्रसंग टासिंएको कलैयामा देखिएको यो सुधार प्रदेश सरकारको प्रशासनिक सक्रियता र संस्थागत क्षमताको उदाहरणको रुपमा लिईएको हो ।आगामी दिनमा प्राविधिमैत्री ,पारदर्शी र सेवामुखी प्रक्रियाबाट राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको प्रमुख दासले बताए।





