श्रोत नखुलेको १० लाख रुपैया सहित एक भारतीय युवा पक्राउ

शुभम सन्देश कलैया : श्रोत नखुलेको १० लाख रुपैयाँ सहित एक भारतीय युवा लाई रौतहट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले मौलापुर नगरपालिका–६ पथराबुधरामबाट आईतबार सो युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बस्ने २३ वर्षीय राज किशोर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट उक्त रुपैया बरामद गरेको हो ।
बरामद भएको रुपैया सहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको रौतहट प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस






