नेपालको राष्ट्रिय फल सुन्तला घोषित

काठमाडौं,३०चैतः सरकारले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास
मन्त्री ज्वाला कुमारी साहको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सुन्तला नेपालको रैथाने फलफूल हो । नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन् । उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले आजबाट सुन्तललाई राष्ट्रिय फल घोषणा गरिएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस





