भारत बाट नेपाल ल्याउदै गरेको ३९ लाखको मालसामान बरामद

कलैया, जेठ ३१ । बाराको विश्रामपुर गाउँपालिका–३ डम्पिङ साइटबाट आज सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।

भारतबाट अवैध रूपमा साइकलमा राखेर नेपालतर्फ ल्याइँदै गरेको ‘एयरपड प्रो’ र मोबाइलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले बरामद गरेको हो। १२ नम्बर गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीका अनुसार सामान ल्याउने व्यक्ति फरार छन्।
बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने जनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close