जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका अधिवक्ता एकरामुल हकको बिषयमा बार एसोसिएसनको ध्यानाकर्षण

कलैया , माघ ११ गते । बारा जिल्ला अदालत बार एशोसिएशनले आफ्नो सदस्य अधिवक्ता एकरामुल हकमाथि लागेको जबर्जस्ती करणी आरोपसँग सम्बन्धित घटनालाई लिएर सामाजिक सञ्जालमा फैलाइएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एसोसिएसनले आज जारी गरेको प्रेस विज्ञप्तिमा बार एशोसिएशनले भनेको छ कि, पिडितबाट जाहेरी दर्ता भइसकेको छ र अनुसन्धान भइरहेको अवस्थामा पूर्वधारणासहित आरोपीलाई दोषी ठहर गर्ने र सामाजिक सञ्जालमार्फत अमानवीय व्यवहार देखाउने कार्य कानूनको शासनको उपहास हो। अधिवक्ता एकरामुल हकले पिडितको मुद्दामा कुनै अनैतिक कार्य नगरेको र घटना हनी ट्र्याप जस्तो पूर्व नियोजित योजना अन्तर्गत भएको बताएको बारले उल्लेख गरेको छ।                                                                              बार एसोसिएसनका अध्यक्ष उमेश प्रसाद जयसवाल र सचिव समसुदिन हवारीको हस्ताक्षर रहेको सो प्रेस विज्ञप्तिमा पिडितलाई आवश्यक सहयोग उपलब्ध गराइने र अनुसन्धानले दोष प्रमाणित भएमा कानुन अनुसार कारबाही हुने स्पष्ट पारिएको छ।  अधिवक्ता हकलाई माघ ५ गते बाराको सिमरा स्थित समय होटेल बाट एक महिलालाई जबर्जस्ती करणी को प्रयास गरेको आरोपमा   मुद्दा दर्ता गरि प्रहरी हिरासतमा राखिएको   छ ।   एशोसिएशनले यस सम्बन्धमा सामूहिक हिंसा, भिडियो सार्वजनिक गर्ने र झुठा आरोप फैलाउने प्रयास गर्ने व्यक्तिहरूको पहिचान गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायमा माग गरेको छ। 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close