आदर्श कोतवाल गाउँपालिकाको नवौं गाउँ सभा सम्पन्न

आदर्श कोतवाल गाउँपालिकाको नवौं गाउँ सभा सम्पन्न
चिउटाहा,असार १० गते शुक्रबार
बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नवौ गाउँ सभा शुक्रबार सम्पन्न भएको छ ।
पालिकाको नवौ गाउँ सभाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा गाउँपालिकाले शिक्षा, कृषि, स्वास्थ्य, खेलकूद, पर्यटन पुर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
नेपाली कांग्रेसका मधेस प्रदेश समितिका उप-सभापति चन्द्रशेखर यादवको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष जवाहर साहको अध्यक्षतामा आ.व.२०७९ /०८० को नीति, कार्यक्रम तथा बजेट सम्पन्न भएको हो । उक्त कार्यक्रमको संचालन गाउँपालिका कार्यलयका प्रशासकीय अधिकृत सुनिल बिक्रम थापाले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहको रहेको थियो । सोही अवसरमा नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष रामबाबु मेहताको नेतृत्वमा गएको पत्रकारहरुको टोली बाराका महासंघको बिकासका लागि तथा पत्रकारको क्षमता अभिबृधिका लागि समेत केही बजेट छुटयाई दिन लिखित रुपमा माग गरेको छ

आदर्श कोतवाल गाउँपालिकाले अगामी आर्थिक बर्षका लागि चालू तर्फ २९ करोड ४१ लाख ४३ हजार पुँजिगत तर्फ १६ करोड ८५ लाख ५८ हजार गरी जम्मा ३९ करोड ७७ लाख १ हजार बजेट सार्वजनिक गरेको छ । उक्त गाउँ सभामा गाउँपालिका उपाध्यक्ष मिरा देवी , वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी, समाजसेवी, बुद्धिजीवी, शिक्षक, पत्रकार लगायत सर्वसाधारणहरुको विशेष उपस्थित रहेको थियोे ।





