कलैयाका २ निजि बिधालय बन्द गर्न शिक्षा महाशाखाको निर्देशन

बारा, बैशाख ३१ । कलैया उपमहानगरपालिका अन्तर्गतका केही निजी विद्यालयहरूमा नियम विपरीत अध्यापन भइरहेको सूचनाका आधारमा शिक्षा महाशाखा प्रमुख राजीव यादवको नेतृत्वमा विशेष अनुगमन टोलीले विद्यालयहरूमा निरीक्षण गरेको छ।

अनुगमनको क्रममा अनुमति बिना बोर्डिङ सञ्चालन गरिरहेका दुई निजी विद्यालयहरू फेला परेका छन्। नियमविपरीत सञ्चालन भइरहेका कलैया २० बसतपुरका लोटस एकेडेमी र बिना नामको सन्चालनमा रहेको एउटा अर्को विद्यालयहरूलाई तुरुन्त बन्द गर्न निर्देशन दिइएको प्रमुख यादवले जानकारी गराएको छ ।शिक्षा महाशाखामा
विद्यालय सञ्चालनका लागि आवश्यक कागजात र अनुमति नलिइ बोर्डिङ सञ्चालन गर्नु कानुनविपरीत हो यादवले भने । विद्यार्थीहरूको शैक्षिक हितका लागि यस्ता विद्यालयहरूलाई नचाहिने जोखिमबाट जोगाउनु हाम्रो दायित्व हो, प्रमुख यादवले भन्नुभयो।
यादवले अनुगमन गर्दा बिधालयमा पंखा,बेन्च डेस्क सहित आवस्यक पुर्वाधार नभेटिएको बताए ।
अनुगमन टोलीले अन्य विद्यालयहरूको पनि दस्तावेज र शैक्षिक अवस्था परीक्षण गर्दै आवश्यक निर्देशनहरू दिएको छ। उपमहानगरपालिकाले विद्यालय सञ्चालनमा पारदर्शिता र गुणस्तरीयता सुनिश्चित गर्न निरन्तर अनुगमन गर्दै जाने बताएका छन ।
शिक्षा महाशाखामा यादवले जिम्मेवारी सम्हालेदेखी निरन्तर सामुदायिक बिधालयको  शैक्षिक गुणस्तरका लागि अनुगमन तिब्र  गरिएको  तथा गत आर्थिक बर्ष मा बिधालयहरुमा गएको रकम को सद उपयोग भए न भएको रेकर्ड हेर्न काम समेत अनुगमन मा भइ रहेको ले बिधालयका शिक्षक बिद्यार्थी र अभिभावक बिच  राम्रो शैक्षिक बाताबरण तयार हुँदै गएको शिक्षा प्रमुख  यादवले जानकारी गराए  ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close