सुरक्षित वैदेशिक रोजगार सम्बन्धी प्रहरीसंग अन्तरक्रिया सम्पन्न

शुभम सन्देश, कलैया बैशाख  २५ गते ।कलैया उपमहानगपालिका “स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं” मुख्य उद्देशयका साथ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम द बाराको लैया स्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा आज
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी प्रहरीसंग अन्तरक्रिया सम्पन्न गरेको छ।
बैदेशिक रोजगारीमा जाँदा ठगीबाट जोगिने जानकारी दिनुका साथै शिप सिकेर जान सल्लाह सुझाव दिने सामी कार्यक्रमका संयोजक सरोज सिंहले आयोजित अन्तरक्रियालाई सहजिकरण गर्दै यस्तो बताएका हुन्।
जिल्ला प्रशासन कार्यलाय भित्र सुरक्षित बैदेशिक रोजगार आप्रवासन सहायत कक्ष ११३ नं कोठाबाट विदेश जानेलाई नि:शुल्क सेवा परामर्श दिदै आएको हो।
श्रम स्वीकृति लिई विदेश जाँदा रोजगारीको सिलशिलामा घातक रोग लागेमा, मृत्यु भएमा ,शव फिर्ता ल्याउने देखि विमा दिलाउने र सम्झौता अनुसारको काम नभए फिर्ता गराउन समेत सहयोग गरिरहेको बताए।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले वैदेशिक रोजगारीको नाममा ठगि गर्नेलाई कडा कार्यवाही गरिने बताएका छन्।
वैदेशिक रोजगारीमा जाने व्यक्तिले जानकारीको आभावमा एजेन्टसँग ठगिएकालाई निवेदन परेपछि कनुन बमोजिम कार्यवाही प्रकृया दुरुत गतिमा बडाउन प्रहरीलाई निर्देश गरे।
यसैगरि बारा प्रहरीका प्रहरी नायब उपरिक्षक विजयराज पंडितले कानुन बमोजिम ठगिने व्यक्तीलाई प्रहरीको सहयोग जुनसुकै वेला पनि तमतयार रहेको बताए।
उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीले सामी कार्यक्रले रोजगारीमा जानेलाई सचेत गराउदै आएको र यसबाट धेरै जनाले ठगिनबाट जोगाएको कार्यको सराहनाबगराक थिए।

(जीतपुरसिमरा उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका र बारागढी गाउँपालिकाको सहकार्य)

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close