बिष्णु महायज्ञमा दलिलाइ प्रवेश निशेध गर्ने बिरुद्ध उजुरी दर्ता
दास पन्नालाल
कलैया २६ चैत 

श्री विष्णु महायज्ञमा दलित समुदायलाई पुजापाठ सहित प्रवेशमा रोक र छुवाछुतको विभेद गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कलैया बारामा नेपाल दलित मुक्ति संगठनले उजुरी दर्ता गराएको छ। सुवर्ण गाँउपालिका १ वडा घुसुकपुर टोलमा चैत २६ गते देखि बैशाख ५ गतेसम्म सार्वजनिक धार्मिक यज्ञ हुन लागेको छ। यज्ञको लागि स्थानिय करिब ९० घरका राम, पासवान र मलि (डोम) सुमुदायकाले पुजापाठ चौका हवन लगायतबाट वञ्चित गराएको आरोप लाउदै जातिय विभेद गरेको प्रति यज्ञ कर्ता मध्ये मुख्य व्यक्ति रामदेव प्रसाद यादव, ईनरदेव यादव, पप्पु यादव, रामअश्रे यादव,दिनेश उपाध्याय , चन्द्रिका उपाध्याय गरि एक दर्जन विरुद्ध लिखित उजुरी गरेको हो। सम्मानपु्र्व बाँच्न पाउनु मानवीय जिवनलाई अपहेलित गरेकोले न्यायको लागि आरोपितलाई पक्राउ गरि कार्यवाहीको दायरामा ल्याउन प्रहरी प्रशानलाई गुहारेको छ। यज्ञको लागि ध्वज पुजन अर्थात झण्डा गाडने , मण्डप स्थल निर्माण सरसफाई चन्दा संकल्न कामकाजमा लगाईए पनि पुजा गर्न दलित भन्दै दुर्व्यवहार गरि जातिय विभेद गरिएको छ। धुसुकुपुर कवही गोठ औरैया जमुनिया लगायतका लगभग एक हजार दलित समुदाय विभेदित भएका छन्। विष्णु यज्ञमा दलितको सहभागिता सहज हुनु पर्छ। दलित समुदायले पनि हिन्दु धर्म मान्ने मानव जाति हो। यज्ञ अनुष्ठान हुन गइरहेको स्थलमा दलित समुदायको प्रवेशमा रोक लगाईएकोले २१ औं शताब्दीमा अमानविय व्यवहार कानुन विपरित छ। पुजापाठ गर्न पाउनु धार्मिक अधिकारलाई कथित उपल्लो जातिले हनन गर्नु अपराध हो।छुवाछुतलाई सामाजिक अपराध मानिएको छ।कानुले कसुर अनुसार २० हजार देखि २ लाख दण्ड र ६ महिना देखि तीन वर्ष जेल सजायको प्रावधान तोकेको छ।जसतपातको आधारमा छुवाछुत विभेद गर्न पाईन्न।सार्वजनिक वा निजि सभा समारोह यज्ञ अनुष्ठान भोज भतेरमा जातिय अपमान गरि छुवाछुत गर्ने जो कोहीलाई दण्डित गर्न संवैधानिक व्यवस्था छ। बारा २ मा उपनिर्वाचनमा दलितको भोट स्विकार्य तर यज्ञ प्रवेश र समावेशमा अस्विकार्य यो कस्तो विडम्बना हो ? हामिले ईज्जत सम्मान पुर्वक जिवनयापन गर्न पाउने कि पाउने समाजिक संघर्षमा धार्मिक विभेको विरुद्ध प्रशानमा उजुरी दिएको सुरेन्द्र रामले आफ्ना पीडा सुनाए। खेत खलिहान अन्नपातमा सिंचाई रोपाई बाली भित्र्याउन कामकाज गरिएको छ। प्रकृतिले हावा पानी घाम जमिन फरक फरक समुदायको लागि छैन भन्ने विपन्न गरिब सदियो देखि हेपिएर आजको आधुनिक युगमा जातिय विभेद गर्नु ठुलो अपराध हो स्थानिय सुनिता रामले बताईन्। यज्ञ आसपास बालबालिका वा कुनै दलित समुदायले छिर्न नपाउने हप्किदप्कि समेत दिएको उनी बताउँछिन्। दलित वस्ति टोलसँगै टाँसिएर यज्ञ हुदैछ। अन्धविश्वासी परम्परालाई बढावा दिएकोले जनप्रतिनिधि, राजनितिक दल, मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग ,प्रहरी प्रशासनको ध्यान केन्द्रित होस मुक्ति संगठनका लालजि राम, तेजनारायण राम र भदै राम दलित अगुवा शान्ति सुरक्षा धनजनको रक्षा सहित यज्ञमा प्रवेश सहभागिताको अपिल गरेको छ। अब उजुरीको कार्यन्वयन कसरी हुने हो हेर्न बाँकि छ। सदियो देखि उत्पिडनमा परेका विपन्न दलित भनिएकाले न्याय पाउन मिलापत्र वा जातिए विभेद अन्तरगत अपराधको दण्ड सजाय पाउने छ। यसरी तराई मधेशमा जातपातले धार्मिक यज्ञ अनुष्ठानमा पुजा गर्न धार्मिक गतिविधिमा अमानविय कदम र विभेद हुँदै आएको छ। यसै निर्वाचन क्षेत्रमा ठुला नेता उम्मेद्वार छन यसलाई कुन रुपमा लिएको चांसोका साथ हेरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस






