मोटर साइकल दुर्घटनामा परि सिम्रौनगढको युवक गम्भीर घाइते

बारा, सोमबार साझ साढे सात बजेको समयमा कलैया बाट सिम्रौनगढ जाने क्रममा कलैया उ.म.न.पा. ९ रामपुर चोक मैदा मिल नजिक दुर्घटनामा परी सिम्रौनगढका एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सिम्रौनगढ नगरपालिका वाडा नम्बर ३ नैकाटोला गाउँका अन्दाजी ३५वर्षिय मनोज यादव रहेको प्रहरीले जनाएको छ ।


कलैया बाट सिम्रौनगढ तर्फ जादै गरेको ज.१ ब ७४० नं.को सरकारी नंम्बरको प्लेटको मोटर साइकलले सडकको बायाँ साईडमा रोकी राखेको ना.६ ख १९४३ नं.को ट्रकमा पछाडी ठक्कर दिदाँ मोटरसाइकल चालक यादवको छाती र शरिरको भित्री भागमा चोट अबस्था गम्भिर रहेको बारा प्रहरीले जनाएको छ ।

घाइते यादवलाई उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा लगि सामान्य उपचार गराए  पश्चात पौने ८ बजे थप उपचारको लागी  बिरगन्ज स्थित नेशनल मेडिकल कलेजमा पठाइएको छ । ट्रक र चालक .रौतहट जिल्लाको माधव नारायण न.पा.२ खेसरहिया बस्ने अं.बर्ष ३० को रामबिकेस साह प्रहरीको नियन्त्रणमा रहेको छ भने घटना बारे थप अनुशन्धान भइरहेको डीएसपी प्रकाश सापकोटाले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close