गोली हानी रामराजा क्याम्पस प्रमुखको हत्या, २ जना पक्राउ


रामबाबु मेहता । जेठ ३२
बारामा अज्ञात समूहले गोली गोली हानी क्याम्पस प्रमुखको हत्या गरेको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका वाडा नं ३ मा अज्ञात समूहले गोली प्रहार गरी रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहको हत्या गरेको छ ।
आज साँझ करिब साढे ५ बजे कुशवाहमाथि अज्ञात समूहले गोली हानेको थियो । गोली प्रहारबाट आदर्श कोतवाल गाउँपालिका २ स्थित खजुरिया गाउँ निवासी कुशवाह सख्त घाइते भएका थिए । उहाँको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी गराए ।
घटनाबारे थप अनुसन्धान भइरहदा कुश्वाहाको हत्या प्रकरणमा सलग्न रहेको आशंकामा २ जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रमुख महेन्द्र खडकाले जानकारी गराएका हुन ।
पक्राउ गरिएका दुबै जनालाइ जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी सोधपुछ भैरहेको साथै सुक्ष्म अनुसन्धान चलिरहेकोले बिबरण गोप्य राखिएको बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close