सिम्रौनगढमा मोटरसाइकल दुर्घटनामा परी एक को मृत्यु ३ घाइते

शुभम सन्देश चैत २ । बाराको सिम्रौनगढ नगरपालिका वाडा नम्बर ५ स्थित कोल्डस्टोर नजिक आज सान्झ मोटरसाइकल दुर्घटनामा परी एक जना यूवाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वाडा नम्बर ५ कनकपुर गाउँका अन्दाजी ४५ वर्षको सुरेन्द्र महतो नुनिया रहेको बारा प्रहरीले जनाएको छ । आज सान्झ सिरौनगढ कनकपुर निवासी ३५ वर्षीय दिलिप पटेलले चलाइरहेका भारतीय नम्बर पलेटको मोटरसाइकललाई रौतहटको राजपुर नगर पालिका वाडा नम्बर ४ बस्ने २२ वर्षीय राजा साहले तीब्र गतीमा चलाइरहेकोे भारतीय नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिदा घटना स्थलमै नुनियाको मृत्यु भएको सिम्रौनगढ प्रहरीले जनाएको छ । बाकी घाइते रहेको मोटरसाइकल चालक दिलिप पटेल , राजा साह र राजा साहको बाइक मा पछाडि बसेका राजपुर वाडा नम्बर ९ बैरिया गाउँ निवासी १५ वर्षका भरत कुमार साहको उपचार भइ रहेको छ भने मृतकको शरीर शब परिक्षणका लागि कलैया स्थित प्रदेशीक अस्पतालमा लगिएको बारा प्रहरीले जनाएको छ ।






