निशुल्क कानूनी परामर्श, सहायता र शिक्षाकालागि घुमती शिविर

रामबाबु मेहता,
बारामा निशुल्क रुपमा कानूनी सहजकर्ताहरुले कानूनी परामर्श, कानूनी सहयोग र कानूनी साक्षरताका लागि घुम्ती कानूनी सहायता शिविर सञ्चालन हुदैआएको छ । सोही क्रममा यु.एन.डिपी र ए.टु.जे को सहयोगमा बारा जिल्ला अदालत बार एशोसिएशनको सहकार्यमा पि.डी.एस – नेपाल आयोजक भई घुम्ती कानूनी सहायता शिविर सिम्रौनगढ नगरपालिकाको वडा नं ६ स्थित सिम्रौनगढ बजारमा शनिवार सम्पन्न गरेको हो ।


उक्त शिविरमा स्थानिय महिलाहरु, पिछडिएका व्यक्तिहरु, असहाय र गरीब व्यक्तिहरूलाई विशेष प्राथमिकता दिई संविधानमा रहेको महिला हक, महिला शसक्तिकरण , मौलिक हक, संवैधानिक हक, आधारभूत कानुनका ज्ञान जस्ता विषयहरुको बारेमा सचेतना गराइएको तथा आवश्यक व्यक्तिहरुलाई ल्भभमथ एभचकयल लाई उहाँहरूले कानूनी परामर्श, कानूनी सहयोग निशुल्क प्रदान गरी कार्यक्रम सम्पन्न गरेका थिए ।
कानुन सम्बन्धी जानकारी र कानूनी सेवाबाट कोही बन्चित नहोस् भनी उदेश्यले कार्यक्रम संचालन गरि अभियान चलाएको पि.डि.एस नेपालका अधिवक्ता राजेन्द्र प्रसादले बताए ।“
सो अभियानमा एशोसिएसनका उपाध्यक्ष चन्द्रिका प्रसाद यादव, कोषाध्यक्ष सुर्य जित सिंह लगायतले उल्लेखनीय

कानूनी परामर्श, कानूनी सहयोग दिनु भएका थिए

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close