बारामा शस्त्र प्रहरी र तस्करको ‘सेटिङमा खुलेयाम चौकलेट र काजुको तस्करी

बारा — बारा जिल्लाको सीमावर्ती क्षेत्रमा शस्त्र प्रहरीकै मिलेमतोमा महँगा चौकलेट र काजुको खुलेयाम तस्करी भइरहेको छ सर्वसाधारणलाई कडाइ गर्दै तस्करलाई भने सहज बाटो खोलिएको भन्दै स्थानीयहरुले गुनासो गरेका हुन्। 
श्रोतका अनुसार पिपरपाती–पचरौता नाकाबाट दैनिक भारततर्फबाट करिब २० वटा मोटरसाइकलमा लोड गरी महँगा चौकलेट र काजु नेपाल भित्र्याइने गरेको समाचार प्रप्त भएको हो । मोटरसाइकल मार्फत ल्याइएको सामान पचरौता नगरपालिका–९ स्थित कुडवा गाउँका स्थानीयका घरमा जम्मा गर्ने र त्यसपछि पिकअप गाडीमा लोड गरी हरनहिया हुँदै तामागढी मार्ग प्रयोग गरेर काठमाडौंसम्म पठाइने गरिएको बताइएको छ।
यस तस्करीमा भारत र नेपालका आधा दर्जनभन्दा बढी संगठित समूह सक्रिय रहेको स्थानीयको दाबी छ। बारा जिल्लामा लामो समयदेखि यस्तै प्रकृतिको तस्करी चल्दै आएको उनीहरूले बताएका छन्।
श्रोतका अनुसार लङ्डा चौक प्रहरी चौकी, श्रीनगर बैरिया, पिपरपाती तथा बेलदारी चौकीका जिम्मेवार इन्चार्जहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको भिडियो र फोटो बाट प्रमाणित हुन्छ । पिपरपाती बेस क्याम्पको निगरानीमा रहेको नाकाबाट शस्त्र प्रहरीले सामान छोडेपछि बाटोमा पर्ने नेपाल प्रहरीका चौकीबाट समेत ‘स्कर्टिङ’ गरी कुडवासम्म पुर्याउने गरिएको प्रत्यक्षदर्शीको भनाइ रहेको छ। श्रोतका अनुसार शुक्रवार सान्झ कुड्वा भारत बाट कुड्वा आउने ५ ओटा बाइकमा पिपरपाति बाट काजु र चौकलेट आउदै गरेको देखेर स्थानीयले प्रहरीको माथिलो निकायलाई जानकारी गराए ता पनि सो बाटोमा पर्ने प्रहरी चौकीका इन्चार्जबाट सूचना चुहावट गरि तस्कर लाई जानकारी गराइ रामनगर गाउँमा लुकाइको र भित्रीयाइ सकेको र कुडवा गाउँमा राखिएको गोदाम बाट मालसमानलाई साबिक गोदामबाट अर्को गोदाममा सार्न लगाइएको श्रोतको दाबी रहेको छ ।
यता, पिपरपातीस्थित शस्त्र प्रहरी बेसका डीएसपी मोहन न्यौपानेले भने आफूलाई उक्त विषयमा आफुलाइ जानकारी नभएको र कुनै प्रकारको सेटिङ नरहेको प्रतिक्रिया दिएका छन्।
घटनाबारे सम्बन्धित निकायले छानबिन गरी वास्तविकता सार्वजनिक गर्न स्थानीयले माग गरेका छन्।





