सिम्रौनगढले इतिहास रच्यो पानी गन्हाउने चपाकलको दोहरो भुक्तानी

- सिम्रौनगढ, अषाढ २७ । बाराको सिम्रौनगढ नगरपालिकाले आ ब ०८१/०८२ को अन्तिम समयमा एउटै चापाकलको दोहोरो भुक्तानी गरेको नयाँ इतिहास रचेको स्थानीयहरुले बताउछ्न । नगर पालिकाको अधिकान्स गाउँमा एक मुस्लिम संगठनका दाता संस्थाले गरिब नागरिकको घर अगाडि निशुल्क रूपमा गाड्नु पर्ने चापाकल प्रति ब्याक्ती २ हजार देखि १२ हजार सम्म कमिसन उठाएको नगर पालिका वाडा नम्बर ६ अमरपुर गाउँ का स्थानीयहरुले पत्रकार सम्मेलन गराइ जानकारी गराएका छ्न । स्थानीयका अनुसार पुरानै गाडिएको प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले चपाकल देखाइ कमिसनको चलखेलमा थप भुक्तानी गरेको स्थानीयहरुको आरोप रहेको छ । यस्ता जडान हरिएका १८ वटा चापाककको दोहोरो भुक्तानी गरेको पाईएको छ । सिम्रौनगढ नगरपालिकाको नगर स्तरीय बजेट रु १०लाख नगर प्रमुख किशोरी प्रसद जैसवाल को र उपप्रमुख नजबु शेहरको रु ५ लाख बिनियोजित गरिएको बजेट दुरुपयोग गर्दै विभिन्न ठाउँमा अघि नै मुस्लिम ईतिहाद संगठन द्वारा जडान चापाकललाई पुन रंङरोदन गराई भुक्तानी गरिएको छ । सिम्रौनगढ नगरपालिकाको नगर उपप्रमुख नजबु शेहरले सो बजेट उपभोक्ता समिती गठन गरेर दोहोरो भुक्तानी लिइएको पाईएको छ ।
सिम्रौनगढ नगरपालिका अन्तर्गत अमरपुर ,इट्वाल ,पर्सा टोला, नयकाटोला , हरिहरपुर लगायतको क्षेत्रमा जडान चापाकलको पाइप समेत गुणस्तरहिन भएको ले पानी अशुद्ध र गन्हाउने भएकोले सो कलहरुको पानी पिउनै नसकिने रहेको स्थानीयहरु बताउछन् । मुस्लिम ईतेहाद संगठनको नाममा बिगतमा जडान गरिएको सो चापाकललाई पुन: अर्को रंगलगाइ तलको पलास्टर लाई भत्काइ अर्को पलास्टर गराई मुल्यांकन समेत गराएर प्रमुख प्रशासकीय अधिकृत थापाले अनियमितता गरि भुक्तानी गरिएको पाइएको छ । यस सम्बन्धमा सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख कलवारले चापाकलको भुक्तानी भएको स्वीकार गरेका छन।
आफ्नो प्रतिक्रिया दिनुहोस





