२८ वटा सिलाइ मेसिन सहित कलैयामा एकजना प्रहरी नियन्त्रणमा

राजु कुशवाहा। कलैया ,२८ वटा सिलाई मेसिन सहित १ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा पर्नेमा बारा कलैया उ. म. न. पा.वार्ड न. १६ बस्नेवर्ष ३० को कलिम अन्सारी रहेको प्रहरीले जनाएको छ ।
२८ वटा सिलाइ मेसिन सहित कलैयाका एक जना पक्राउ
विशेष सूचनाको आधारमा मिति २०८२ श्रावण २५ गते जिल्ला प्रहरी कार्यालय बारा र अस्थाई प्रहरी पोष्ट बसपार्क, कलैया बाराबाट प्र.ना.नि.मेघराज प्रसाद साहको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको कलैया उप-महानगरपालिका वडा नं.५ दरबारटोल स्थित बस्ने अं.वर्ष ५० को नैमुदिन अंसारीको तिन तल्ले पक्की घरको भुई तल्ले अगाडीको सटर कोठा भित्र राखेको बिल भरपाई नभएको अं.मुल्य रू.३ लाख ६४ हजार बराबरको विभिन्न कम्पनीको नयाँ सिलाई मेसिन २८ वटा वरामद गरी कानुनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी बाराका प्रहरी प्रवक्ता बिजयराज पण्डितले जानकारी गराएका छन ।






