बारा प्रहरीलाई चुनौती दिदै कलैया बजारमा चोरी

रामबाबु मेहता
बाराको सुरक्षा ब्यवस्थालाई चुनैती दिदौ कलैयाको मुख्य बजारमा मंगलबार राती चोरहरुको समूहले पाँच ओटा सानादेखि ठुल्ला पसलहरुमा चोरी गरेको छ ।
कलैयाको तरकारी बजार संगै टासिएको नेहा शु सेन्टर, रिया रेडिमेड,ज्योती जेनरल स्टोर नन्दलाल साह कानुको पान पसल र रामचन्द्र पटेलको चिया पसल लगायतका पसलहरुमा चोरी भएको भएको हो ।
आर्थिक अवस्था एकदमै कमजोर रहेको नन्दलाल साहकानुको पान पसलमा केही दिन नबित्दै दुई पटक समेत चोरी भइ सक्दा बारा प्रहरीले चोरलाई समाउन नसकेको पान पसले कानुले दुखेसो पोखेका छन् ।
बजार लगायत सबै ठाउँमा प्रहरीको गस्ती टोली सधौ डिउटी गरिरहदा समेत कुनै कुनै ठाउँमा बती नहुदा र बिजुलीको लाइन समेत पटक पटक कटी राखेकाले समेत अन्धयारोको लाभ उठाउदै चोरहरु सकृय भएको र यसबारे आफुहरु अनुशन्धान गरिरहेको र चाडै चोरहरुलाई पक्राउ गर्ने बारा प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी गराए








