धर्नामा बसे नेता प्रभु साह

काठमाडौं ।

आरती साहलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघरमा उनको माइती पक्षले धर्ना जारी राखेको छ ।

आजको धर्नामा आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत सहभागी भएका छन् ।

जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।

साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी छ । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै साहको परिवार लामो समयदेखि धर्नामा छ ।

गृह मन्त्रालयले साहका बुवा विनोदप्रसाद साहलाई पत्र पठाएर आधिकारिक प्रतिनिधि तोकेर वार्तामा आउन आग्रह गरेको थियो । तर सरकार र आरती पक्षबीच वार्ता हुन सकेको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close