पचरौता बाट साढे ५ लाखभन्दा बढीको अवैध मालसामान पक्राउ

सिम्रौनगढ । सशस्त्र प्रहरी बाराले पचरौता बाट करिब रु साढे ५ लाख भन्दा बढी मूल्य बराबरका अवैध सामान बरामद गरेको छ।

सीमा सुरक्षा गुल्म पिपरपातिको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राजनलाल श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गस्तीमा गएकोबेला आइतबार बेलुकी पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाति ईलाकाबाट दुइ थान मोटरसाइकल सहित करिब ५ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको लेडिज कुर्ता सलवार र स्पोर्टस जुत्ता बरामद गरेको हो ।                                                                                   प्रहरी टोलीलाई देख्न बितिकै तस्करके मोटर साइकल फाली फरार भएको सशस्त्र प्रहरी नायब उपरीक्षक राजनलाल श्रेष्ठले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close