कलैयामा रेस्टुरेन्टको आडमा वेश्यावृती गराउने सञ्चलक यादव सहित ६ जना पक्राउ

रामबाबु मेहता, साउन २
बाराको सदरमुकाम कलैया उपमहानगरपालिका ५ घुसुकपुर स्थित बैल बजार नजिक सञ्चालनमा रहेको हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा बारा प्रहरीले छापामारी गरि सञ्चालक सहित ६ जना महिला तथा पुरुषलाई पक्राउ गरेको छ ।
लामो समय देखि सो पार्टी प्यालेसमा सञ्चालकले आर्थिक प्रलोभनमा पारी बिभिन्न ठाउँहरूबाट महिलाहरू बोलाई वेश्यावृतीको कार्य गराउँदै आएको सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय कलैयाबाट खटिएको प्रहरी टोलिले सो रेस्टुरेन्टमा हिजो मंगलवार साँझ छापामारी गर्दा रेस्टुरेन्टका सञ्चालक बताउने कलैया उप–महानगरपालिका वडा नं.५ घुसुकपुर बस्ने वर्ष ३० को श्याम सुन्दर प्रसाद यादव सहित दुइ पुरूष र ४ महिला गरी ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउपर्ने हरुमा पर्सा जिल्ला विरगंज महानगरपालिका वडा न.२९ मुसैली टोलमा बस्ने वर्ष २० को युवक र बिभिन्न ठाउँबाट प्रलोभनमा परी सञ्चालकले लयाएका महिलाहरु छन् । पक्राउ गरिएको सञ्चालक श्याम सुन्दरको नाम मात्र सार्वजनिक गरिएको छ भने बाकी ५ जनाको नाम गोप्य राखिएको बारा प्रहरी प्रवत्ता दधिराम न्यौपानेले जानकारी गराए ।
वेश्यावृतीको काम गर्ने गराउने कार्यमा पक्राउ परेका व्यक्तिहरू माथी मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको बारा प्रहरीले जनाएको छ ।





