काग्रेसको एक सय दिने बिशेष अभियान स्थगित

बारा : नेपाली कांग्रेसको एक सय दिने बिशेष अभियान अन्तर्गत बारामा गरिने कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ।
नेपाली कांग्रेस बाराका सभापति राजेशराय यादवले शुक्रबार एक प्रेस बिज्ञप्ति जारी गरी अभियान अन्तर्गत बाराको चार वटै प्रतिनिधि सभा क्षेत्रको आयोजनामा गरिने बिस्तारित बैठक र जिल्ला कार्य समितिको आयोजनामा शहीद दिवसको उपलक्ष्यमा जिल्लामा गरिने समापन कार्यक्रम अर्काे सूचना नहुन्जेल सम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन ।
केन्द्रिय प्रतिनिधिको सल्लाह अनुसार नै कार्यक्रम स्थगित गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ। माघ ९ गते बुधबार बसेको जिल्ला कार्य समितिको बिस्तारित बैठकले चार वटै निर्वाचन क्षेत्रमा अभियान अन्र्तगत कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस