नकली नोट कारोबार गर्ने फरार प्रतिवादी पक्राउ

रामबाबु मेहता, भदौ २०
नकली नोटको कारोबारमा संलग्न रहेको एक यूवामा उपर प्रहरीले मुद्धा चलाउदा जिल्ला अदालत बाट दोषी ठहर भई फरार रहेका सो यूवालाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ न.पा. वडा नं. ०४ बस्ने अं. वर्ष ३८ को मकसुद अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका अंसारीलाई सम्मानित जिल्ला अदालत बाराले खोटा चलनद्धुदामा कसुरवार ठहर गर्दै २ वर्ष, कैद र .४लाख ७६ हजार ८ सय जुरमाना गरेको छ ।
पक्राउ परेका अंसारीलाई कैद र जरिवान भराउन प्रहरीले पकृया अगाडी बढाएको बारा प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close