महागढिमाई नगरपालिकाले बली बिरुदको गतिबिधी रोक्न प्रजिअ लाई ज्ञापन पत्र बुझायो

कलैया, बाराको महागढिमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अगुवाइमा आज बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शशि घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन्।
नगरप्रमुख यादव सहित कार्यपालिका सदस्यहरू, र गढिमाई मन्दिर सञ्चालन समितिले संयुक्त रूपमा प्रजिअ घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन ।
सो ज्ञापन पत्रमा गढिमाई माताको मन्दिरमा विश्वभरका भक्तजनहरूले गर्ने बलि प्रथालाई लक्षित गर्दै मेलामा प्रभाव पार्ने कुनै पनि प्रकारका गतिविधिहरूको विरुद्ध कडा कारबाहीका लागि अपिल गरिएको हो। विश्वप्रसिद्ध गढिमाई मेलामा हुने बलि प्रथा धार्मिक आस्थाको एक प्रमुख अंग रहेकोले यसलाई व्यवधान पु¥याउने प्रयत्नका विरुद्ध नगरपालिका, मन्दिर समिति, र स्थानीय समुदाय दृढ अडानमा छन्।
ज्ञापनपत्र बुझाउने क्रममा नगर प्रमुख यादवले धार्मिक परम्परालाई सुरक्षित राख्न र मेलाको शान्तिपूर्ण सञ्चालनका लागि कुनै पनि किसिमको अवरोध सृजना गर्ने तत्वहरूलाई कानुनी कारबाही गर्न आवश्यक रहेको बताए। यसमा स्थानीय प्रशासनको सहयोग र भूमिका महत्वपूर्ण रहेको भन्दै उनले प्रजिअसँग थप सुरक्षाका उपायहरू अवलम्बन गर्न माग गरेका छन्।
प्रजिअ शशि घिमिरेले ज्ञापन पत्र ग्रहण गर्दै मेलाको शान्ति सुरक्षा सुनिश्चित गर्न प्रशासनले आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गढिमाई मेला विशेष गरी बलिप्रथाका कारण विश्वभर चर्चा कमाएको छ, जसमा लाखौं श्रद्धालुहरू सहभागिता जनाउँछन्। मेलाको धार्मिक महत्त्वलाई ध्यानमा राख्दै यसमा अवरोध पु¥याउने कार्यलाई रोक्न नगरपालिका र प्रशासनले सँगै काम गर्ने जनाइएको छ।






