करार अस्थाई तथाज्यालादारी कर्मचारी संघ सिम्रौनगढले तलब र म्याद थप गराउन आन्दोलन गर्न

रामबाबु मेहता-
बाराको सिम्रौनगढ नगरपालिकाका करार अस्थाई र ज्यालादारी कर्मचारी संघ सिम्रौनगढले तलब र म्याद थप गराउन आन्दोलन गर्ने मंगलवार पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् ।
सिम्रौनगढ्न नगरपालिका द्वारा म्याद थप हुने र हटाइयेको कर्मचारीहरुको सूचि हाल सम्म सार्बजनिक नहुदा यस्ता समस्या उत्पन्न भएको कर्मचारीहरुले जनाएकाछन् ।
करार अस्थाई तथाज्यालादारी कर्मचारी संघ सिम्रौनगढका अध्यक्ष नितेश यादवका अनुसार २०७४ सालको .स्थानिय निर्वाचन भन्दा पहिला गाबिस र नेपाल सरकारको अन्य निकायेहरुबाट अविछिन्न रुपमा कार्यरत कर्मचारीहरु र निर्वाचन पश्चात् योग्याताको अधारमा भर्ना गरिएका कर्मचारीहरुको यथासिघ्र म्याद थप गर्ने , म्याद थप हुने र हटाइएको कर्मचारीहरुको सूचि प्रकाशित गरिने,कर्मचारीहरुको आ. व.२०७८/०७९ मा बाकी रहेको तलब भता लगायत म्याद थप हुने कर्मचारीहरुको हाल सम्मको बाकी तलब भता उपलब्ध गराउने लगायतका मागहरु रहेका छन । उक्त मांग राखि यस भन्दा अगाडी पनि कर्मचारीहरुले २३ दिन सम्म आन्दोलन गरेका थिए पछि कार्तिक २० जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको रोहबरमा मेयर किशारी साह, लगायत अन्य जनप्रतिनिधी तथा करार अस्थाई तथा ज्यालादारी कर्मचारी संघका अध्यक्ष नितेश यादव सहितको बैठकले गठन गरेको सुशासन समितिले १५ दिन भित्रमा समस्या समाधान गर्ने निणर्य गरेको थियो । उक्त निणर्य अनुसार हाल सम्म आफुहरु नियमित काम गर्दै आएको हुँदा समेत आफुहरु तलब नखाएको तथा म्याद थप नभएको हुदा आफुहरु अन्योलमा रहेकोले बाध्य भएर आन्दोलको कार्यक्रमलाइ अगाडि बढाउने अध्यक्ष यादवले पत्रकार सम्मेलनमा बताए ।
अध्यक्ष यादव अनुसार आन्दोलनको विभिन्न कार्यक्रम अनुसार मिति २०७९/९/२० गते देखि २१ गते सम्म हातमा कालो पट्टि बाधी कामकाज गर्ने ।
२२ गते देखि २४ गते सम्म सभी कार्यालयहरुमा पेन डाउन गर्ने, माग पूरा न हुन्जेल सम्म बिरोधका थप चरणबध कार्यक्रमहरु आवश्यक्ता अनुसार घोषणा गरि जारी राख्ने बताएको छ ।
करार अस्थायी ज्यालादारी कर्मचारी सघ सिम्रौनगढका अध्यक्ष नितेश प्रसाद यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य मुकेश मेहताको प्रमुख आथित्यमा भएको पत्रकार सममेलन कार्यक्रमको सञ्चालन संघका सचिव साहेब ठाकुरले गरेका थिए ।
कार्यक्रममा करार अस्थायी र ज्यालादारीका महिला पुरुष गरि ७० जना कर्मचारीको सहभागिता रहेको थियो । यस सन्दर्भमा सिम्रौनगढका मेयर साह संग प्रतिकृया लिदा उहाका अनुसार अशोज नगरपालिकाकले अशोज २८,२९ गते सूचना प्रकाशित गरि केन्द्र र प्रदेश बाट समायोजन भएर आएका तथा बिधिप्रकृया र योग्यता अनुसार नियूक्त भई कामकाज गदै आएका सबै कर्मचारीहरुको म्याद थप गर्ने जानकारी गराए अनुसार नै चाडै उहाँहरुको म्याद थप गरिने बताउनु भएको छ ।




