विरगंज कारागारमा कैदीबन्दीको बवाल स्थिति तनावग्रस्त , प्रहरीको गोली लागी ४ जना घाईते

बिरगंज , २५ भदौ– जेनजीको प्रदर्शनको असर पर्सा जिल्लाको विरगंज कारागारको कैदीबन्दीमा पनि परेको छ ।

देश अशान्त र अक्रान्त बन्दा काठमान्डौको नखु जेल प्रशासन लगायत देशका अन्य कारागारको पनि अवस्था व्यवस्था असमान्य बन्यो।

सुरक्षा चुुनौतिको हवलामा जेल प्रशासनबाट रवि लामिछाने सहित धेेरै बाहिरिएका छन्।

यसरी जेनजिको सत्ताच्युत प्रदर्शनले उत्साहित भई जेलका कैदीबन्दी कारागार भित्रै हिजो मध्य राती देखि प्रदर्शन गर्दै आएकोले स्थिति तनावग्रस्त बनेको छ।

क्षमता भन्दा बढी कैदीबन्दी राखिएकोले यदाकदा खाना र बसाईको विषय लिएर झडप विवाद हुँदै आएकोले पनि उकुसमुकुस अवस्थामा मौजुदा परिस्थितिलाई अवसरको रुपमा आफ्ना समुहगत रिहाईको नाराबाजी गरि बाहिर निस्कने प्रयास गरिरहेको बुझिएको छ।

कैदीबन्दीले हुलहल्ला तोडफोडमा उत्रिएपछि जेल प्रशासनले स्थिति नियन्त्रणमा लिन  हवाई फायर गरेको बताईएको छ।

कारागार भित्रै  नाराबाजी गर्दै आन्दोलनको स्वरुपले कैदीबन्दीको प्रदर्शन र रबैया काबु बाहिर गएपछि नेपाली सेना परिचालन गरिएको छ।

कैदीबन्दीको हडकम्प पछि स्थिति नियन्त्रणमा लिन केहि राउण्ड गोली हवाई फायर गरिएको छ भन्रे दर्जनौ टियर ग्याँस प्रहार गरिएको बताईएको छ। चार जना कैदीबन्दीलाई हात खुट्टाामा गोली लागि घााइते भएका छन्। कारगारको भित्रि सेलका फलामे गेट समेत  पर्खालमा तोडफोड गरि क्षति पुर्याएको छ ।

कैदिबन्दीले मध्यराती देखि जेल भित्रै तनाव सृजना भई क्षतिबाट जोगाउन प्रशासन व्यवस्था कायम राख्न अशान्त बनेको स्थिति नेपाली सेना एक्सनमा आएपछि केही सामय बनेको जानकारी प्रप्त भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close