वीरगन्ज महानगरपालिका का सबै विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगन्ज, २७ जेष्ठ
अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरपालिकाले बिहान साढे १० बजेभित्रै पठनपाठन सक्न महानगरमा रहेका विद्यालयहरुलाई निर्देशन दिएको छ । गर्मी बढ्दै गएको र त्यसले जनजिवनमै असर परेकाले वीरगन्ज महानगरपालिकाले आइतवार एक सूचना जारी गर्दै जेष्ठ २८ गतेदेखि बिहान साढे १० बजेसम्म पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्न सामुदायिक र संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको हो । यस्तै बाराको कलैया उपमहानगरपालिकाले एक सता देखि बिहानी कक्षा सुरु गरिसकेको कैयाला उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथुसाहले जानकारी गराएका हुन ।
बारा पर्सा लगायत समग्र तराई मधेसमै गर्मी बढीरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बिहानी कक्षामा पठनपाठन सञ्चलन गर्न निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराईले बताए ।
प्रसाद भट्टराईद्वारा जारी सूचनामा भनिएको छ–‘बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधिलाई कम गरी हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने समयावधि व्यवस्था गर्न अनुरोध छ’।
अर्को सूचना नभएसम्मका लागि यही जेठ २८ गतेदेखि साढे १० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्ने निर्णय महानगरपालिकाले गरेको हो ।






