दुर्घटनामा घाइते बघवन निवासी महतोको निधन

कलैया -बाराको बढर्वामा मोटरसाइकले दिएको ठक्करबाट बारा कलैया उपमहानगरपालिका वाडा नम्बर १४ बघवन गाउँ निवासी ६२ वर्षको रामप्रसाद महतोको शुक्रबार मृत्यु भएको छ । मंसिर २७ गते बुधबार साँझ साढे छ्व बजे आफ्नो साइकल चढी पिलुवा बाट घर गइ रहेको बेला जितपुर सिमराको वाडा नम्बर १८ स्थित शंकर चौक नजिक ना ४८ प ५०१६ नम्बरको मोटरसाइकलमा सवार सोही जितपुर सिमरा १८ निवासी ४५ वर्षको शिव घिमिरे सहीत तीन जनाले साइकल सवार महतोलाई पछाडिबाट ठक्कर दिएर घाइते बनाइ फरार भएको थियोे । घटना स्थलमा जैतापुर चैकीका प्रहरीले पुगेर अचेत अवस्थामा र्हेको घाइते महतो लाई उपचारको निमित्त प्रवानी पुर स्थित एल एस न्यूरो होस्पीट्ल पुर्याएको थियो । महतोको टाउकोमा अत्यधिक चोटलागेकोले भित्री भाग फुटेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस





