गरुडा नगरपालिकामा चट्याङ लागेर एकै परिवारका ३ जनाकाे मृत्यु, १ जना घाइते

facebook sharing button

१४ भदाै,राैतहट ‌।

जिल्लाकाे गरुडा नगरपालिका -३ मलाही टाेलमा तीजकै दिन चट्याङ लागेर एकै‌ परिवारका ३ जनाकाे मृत्यु भएको छ भने १ जना घाइते समेत भएका छन्।‌

मृत्यु हुनेमा ४९ वर्ष कि सुदमिया देवि,‌१८ वर्ष कि मनिशा कुमारी र १७ वर्ष कि जगिया कुमारी रहेकाे इलाका प्रहरी कार्यालय गरुडाले  जानकारी दिएका छन् ।

मंगलबार बिहानै सुरु भएको अबिरल वर्षाका क्रममा करिब ८ बजे खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ‌। चट्याङबाट घाइते भएकालाई गरुडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृतक मध्ये सुदमिया देवी र जगिया कुमारी एउटै परिवारकी थिइन् ।‌ एउटै‌ गाउँकाे तीन जनाकाे मृत्यु पछि गाउँनै‌शाेकाकुल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close