मधेसमा चिसो बढेपछि जनजीवन प्रभावित, सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिति घट्यो


बारा पुस ६ । बारा जिल्ला लगायत सम्पूर्ण मधेस प्रदेशमा बुधबारदेखि चिसो बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ। बिहान र साँझको समयमा बाक्लो कुहिरो र चिसो हावाका कारण दैनिक जनजीवन कष्टकर बनेको स्थानीयवासीहरूले बताएका छन्।
चिसोको प्रभाव विशेषगरी बालबालिकामा देखिएको छ। सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ० देखि कक्षा ५ सम्मका विद्यार्थीहरूको उपस्थितिमा उल्लेख्य कमी आएको प्रधानाध्यापकहरूले जानकारी दिएका छन्। चिसोका कारण साना बालबालिका बिरामी पर्ने जोखिम बढेकाले अभिभावकहरूले विद्यालय पठाउन हिच्किचाएको उनीहरूको भनाइ छ।
विद्यालय प्रशासनका अनुसार चिसो अझै बढेमा विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक निर्णय लिनुपर्ने अवस्था आउन सक्ने देखिएको छ। स्थानीयवासीले चिसोबाट बच्न न्यानो लुगा प्रयोग गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
मौसमविद्हरूका अनुसार केही दिनसम्म मधेस प्रदेशमा चिसो यथावत् रहने सम्भावना रहेको

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close