सिम्रौनगढमा तलबको लागि कर्मचारीको धर्ना १५औं दिन जारी

रामबाबु मेहता-बाराको सिम्रौनगढ नगरपलिकाको शिक्षक तथा कर्मचारीहरुले आफ्नो तलबको माग गर्दै विराेध तथा धर्ना कार्यक्रम १५ औं दिनदेखि जारी राखेको छ ।
केही महिना देखि शिक्षकले तलब नपाएको साथै करार र ज्यालादारी मा काम गर्ने नगर कर्मचारीहरुले लामो समय देखि तलब नपाएको ले नगर शिक्षक संघ र करार अस्थायी ज्यालादारी कर्मचारी संघ सिम्रौनगढकाे संयुक्त आयाेजनामा जारि विराेध तथा धर्ना कार्यक्रम हुँदै आएको छ ।
शिक्षक तथा कर्मचारीहरुकाे तलब भता भुक्तानी र करार अस्थायी ज्यालादारी कर्मचारीहरुकाे नितिगत म्याद थप र उचित व्यवस्थापनकाे समेत माँग राखी धर्ना कार्यक्रम गर्दै आएको सिम्रौनगढ करार तथा ज्यालादारी कर्मचारीसंघका अध्यक्ष नितेश यादवले जनाए । यता पछिल्लोपटक कार्तिक ३ गते नगर उपप्रमुख नजमु शेहर लगायत नगर कार्यपालिकाका बहुमत सदस्यहरुले नगरपरिषद तोकिएको समय र स्थानमा नभइ नगर प्रमुख किशोरी प्रसाद कलवारले कानुनी रितपुर्वकको दाबी सहित नगर सभा सम्पन्न भएको सूचना सार्वजनिक गरे लगतै असन्तुस्ट नगर कार्यपालिका सदस्यहरुले बिरोध जनाउँदै नगर पालिका कार्यालयमा अनिश्चित कालिन ताला बन्दी गरे ।
तलब र नगर सभाको बिषयलाइ लिएर गरिएको ताला बन्दी धर्नाको कारण नगर पालिका बाट हुने सम्पुर्ण सेवाहरु प्रभावित भएको छ । यस्तै आफ्नो नगर सभा विधि पुर्वक सम्पन्न भइसकेको र अब नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने बितिकै कर्मचारीहरुको तलब पठाउने देखि अन्य सबै सेवाहरु सुचारु हुने नगर प्रमुख कलवारले जनाएका छन् ।






