बिमाको रकम झिक्न फिल्मी तरिकाले श्रीमतीको हत्या गर्ने पक्राउ

रामबाबु मेहता,३२ साउन –
बारामा विमा कम्पनीबाट क्षेतीपूर्तीको रकम लिने उदेश्यले एकजना युवकले फिल्मी तरिकाले आफनी श्रीमतीको हत्या गरेको रहस्य बाहिरिएको छ ।
सो घटनामा बारा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा कलैया उपमहानगरपालिका वडा नं.२६ का नाथु देवानलाई प्रहरीले पक्राउ गरेको हो ।
देवानसँगैं उनलाई श्रीमतीको मृत्यु भए विमाबाट मोटो रकम आउने भन्दै उक्साएको आरोमा एशियन लाईफ ईन्सुरेन्स कम्पनीका अभिकर्ता कलैया निवासी नासिर अंसारी पनि पक्राउ परेका छन् भने पक्राउ परेका अर्का एकजनाको नाम प्रहरीले खुलाउन सकेको छैन । उक्त घटनाबारे गहिरो अनुशन्धान भइरहेकोले त्यसमा संलगन अरुकेही ब्यक्ती समेत हुनसकने भएकाले नाम गोप्य राखिएको छ ।
पक्राउ परेका देवानले अन्दाजी ४० बर्षिया पत्नी हजरा खातुनको नाममा एशियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड शाखा कलैयामा ५० लाख रुपैंयाको जिवन विमा गराएका थिए । बीमा अभिकर्ता अंसारी मार्फत २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधा सहित २५ लाख र २५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा श्रीमती हजरा खातुनको नाममा बीमा गराएका थिए । गत बर्ष भदौमा हजाराको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको थियो ।
सवारी दुर्घटनामा मृत्यु भएको भनी आवश्यक कागजात बनाई उनले विमा दावी गरेका थिए । २०८० साल असारमा विमा कम्पनीले देवानलाई १ करोड २ लाख ५६ हजार ५७५ रुपैया क्षेतीपूर्ती रकम भुक्तानी गरेको थियो ।

देवानले विमाबाट रकम बुझिसकेपछी देवान पत्नी हजराकोे मृत्यु शंकास्पद भएको सूचना प्रहरीलाई प्रप्त भए पछि प्रहरीले देवानलाई निगरानीमा राखेको थियो । केही दिन पछि देवानको मनस्थिती बदलिदै गयो र देवानले आफै श्रीमतीको घाँटीमा सलले बेरेर हत्या गरी दुर्घटनाको नाटक गरेको र यसो गर्न अरु ब्यक्तिले सिकाएको भन्दै हिँडेको पाईएपछि उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरि अनुशन्धान थालेको हो ।
घटना बारे गहिरो अनुशन्धान भइरहेकोले विमाबाट रकम लिन पत्नी हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको बारा प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close