सिम्ररौनगढ नपाको बिवाद अन्त अधिवेशन बाट भयो समस्याको समाधान ,

रामबाबु मेहता -लामो समय देखि चल्दै आएको सिम्रौनगढ नगरपालिकाको बिवाद नगर अधिवेशनबाट समस्या समाधान भएको छ । जिल्ला समन्वय समिति बाराका अध्यक्ष नरेन्द्र साहको प्रमुख आथित्यमा फागुन २१ बसेको बैठकले गत अषाढ ७ गते भएको ७ औं नगर सभाको कदर गर्दै गत फागुन २१ गते सोमवार नगर अधिवेशन गरि करार ज्यादारी तथा अस्थायी क्रमचारी मध्ये एक सय २० जनाको जागिरलाई निरन्तरता दिदै , बिगतमा भए गरेको बिकासको योजनाको कामको बाकी बक्यौता रकम भक्तानी गर्ने , प्रत्येक वाडामा ५० लाखको बजेट सेलिङ्ग गर्ने र नगरस्तरिय बिनयोजित बजेट मध्ये साठी प्रतिशत नगर प्रमुख र ४० प्रतिशत उप नगरप्रमुखले बिकासको काममा खर्चा नर्ग तथा न्याय पालिका सञ्चालनको लागि १० लाख बजेट यस्तै कार्य पालिकाको लागि १० लाख बिनियोजन लगायतका प्रस्ताब र निर्णय सिहित निर्णय सहित जिल्ला समन्बय समितिका अध्यक्ष साहले जानकारी गराए ।
लामो समय देखि बिभिन्न शिर्षकमा मतभेद हुदै आउदा सो नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले लामो समय देखि तलब नपाएर बिजेग भएको थियो । नगर अधिवेशन बाट बिगतमा देखिएका सम्पूण समस्या समाधन भएकोमा कर्मचारी देखि स्थानियबासीमा खुसीयाली छाएको वाडा नम्बर ७ का वाडा अध्यक्ष बिबेक मेहताले जानकारी गराए ।





