सिम्रौनगढमा नेपाली नकली नोट सहित एक जना यूवा पक्राउ

रामबाबु मेहता —
बाराको सिम्रौनगढ नगरपालिकाबाट नकली नोट सहित प्रहरीले विहिवार साँझ एकजना यूवालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको अधारमा प्रहरीले सिम्रौनगढ नगरपालिका को वाडा नम्बर ५ स्थित कनकपुर गाउँ बस्ने वर्ष ४२ को जगदेव महतो लाई साँझ साढे आठ बजे इलाका प्रहरी कार्यालयका सिम्रौनगढका प्रहरी निरिक्षक देवराज काफलेको नेतृत्वमा खटिगएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
महतोले संचालन गरेको खुद्रा किराना पसलको पछाडी रहेको फुसको घरबाट नेपाली एक हजारको ८१ थन र रु पाँच सयको ३ थान नकली रुपौया बरामद भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।
यता पक्राउ परेको महतोको परिवारजनका अनुसार आफनो घरमा कस्ले कतिखेर कती रुपैया राखेको हो भन्ने आफुहरुलाई कुनै जानकारी थिएन कसैले आफनो निजी दुस्मनी साध्नका लागि यसतो परपञ्च रचेको हुन सक्ने बताा छन् । स्थानियहरुका अनुसार सिम्रौनगढको प्रहरी निरिक्षकले जोकोही लाई मनमैजी रुपमा कुनै न कुनै लण्छना लगाई यस्तै फसाएर पक्राउ गर्न लागेको । केही दिन अगाडी यस्तै वाडा नम्बर ५ कै दुई जना यूवालाई साँझ नकली नोटकै बारेमा लण्छना लगाई पक्राउ गरेर लगेको थियो । स्थानिय भद्रभलादमी र जनप्रतिनिधिको मदतबाट सोही राती दुबै यूवालाई छुटाउन गाउँलेहरु सफल भएको थियो ।






