बारा जिल्लामा अवैध गतिविधि र गैरकानुनी कर असुली विरुद्ध युवा समूहको चेतावनी

बारा, कलैया — बारा जिल्लाका सार्वजनिक तथा धार्मिक स्थलहरूमा बढ्दो अव्यवस्था र अवैध गतिविधिप्रति चिन्ता व्यक्त गर्दै “GenZ and Youth of Bara” नामक युवा समूहले प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण गराएको छ।
समूहले सार्वजनिक स्थलहरूमा लागुऔषध सेवन, चुरोट सेवन तथा अभद्र व्यवहार जस्ता क्रियाकलाप बढ्दै गएको उल्लेख गर्दै यस्ता गतिविधिले सामाजिक मर्यादा भङ्ग गरिरहेको जनाएको छ। उनीहरूले यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही गर्न माग गरेका छन्।
यसैबीच, अर्को पत्रमार्फत संस्थाले स्थानीय तहहरूले सवारी साधनमा असुल्दै आएको करप्रति पनि आपत्ति जनाएको छ। समूहका अनुसार उक्त कर कानुनविपरीत रहेको र सर्वसाधारणमाथि अनावश्यक आर्थिक भार थप्ने काम भएकोले यसलाई तुरुन्तै रोक्नुपर्ने आवश्यकता औंल्याइएको छ।
संस्थाले सम्बन्धित निकायहरूलाई प्रभावकारी अनुगमन तथा आवश्यक कारबाही गर्न आग्रह गर्दै नागरिकको अधिकार र सार्वजनिक शिष्टाचारको संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close