सिम्रौनगढमा मातृ स्वास्थ्य सेवामा नयाँ युगको सुरुवात

सिम्रौनगढ । ग्रामीण तथा सीमावर्ती क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित सिम्रौनगढ नगरपालिकामा निःशुल्क USG सेवा सुरु हुने भएको छ। JJYC र ONE HEART Worldwide को आर्थिक सहयोगमा प्राप्त ROUSG (USG) मेसिन नगरपालिकालाई हस्तान्तरण भएसँगै स्थानीय गर्भवती महिलाहरूले अब टाढा–टाढासम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
नगरप्रमुख किशोरी प्रसाद कलवारले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै मातृ तथा शिशु स्वास्थ्यलाई नगरपालिकाको प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार USG सेवा उपलब्ध हुँदा जोखिमयुक्त गर्भ पहिचान, समयमै उपचार र सुरक्षित प्रसूति सुनिश्चित गर्न ठूलो सहयोग पुग्नेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस






