एसपीलाई गाली गर्ने जसपा नेता अशोक यादव विरुद्ध पक्राउ पुर्जी जारी

सर्लाही, २० असार । एसपीलाई फोनमा गाली गर्ने जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेका अध्यक्ष अशोक यादव विरुद्ध अपराधी उपद्रो कसुरमा मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगन्द्रकुमार खड्कालाई विहिवार राति फोन मार्फत गाली गरेको आरोपमा उनी विरुद्ध अपराधी उपद्रो कसुरमा शुक्रवार मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी भएको हो ।
मुद्दा दर्ता भएपछि यादव सहितका व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीले सर्च अप्रेशनलाई तिव्र बनाएको छ । कति जना विरुद्ध पक्राउ पुर्जी जारी भएको र क कस माथि मुद्दा दर्ता भएको प्रश्नको जवाफमा डिएसपी राईले केही बताउन चाहेनन् । हामी यादवलाई समात्न प्रहरी परिचालन गरेका छौं । निजलाई नियन्त्रणमा लिएपछि केही भनौला उनले स्पष्ट पारे ।
भाईरल अडिया संवाद
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार यादव–एसपी खड्का बीच भएको फोन संवाद भाइरल भएको छ । सार्वजनिक अडियो संवादमा यादवले एसपी खड्कालाई थर्काउदै “तिमीहरु लुट्न मधेश आएका छौं, तिमीहरु लुटेरा छौं, कमिशनका लागि काम गछौं, लगायत अपशब्द भद्दा गाली गरेको सुनिन्छ” ।
“ए, एसपी, एसपी तिमी सुन” जसपा मधेश प्रदेश अध्यक्ष यादव चर्को स्वरमा कराएको अडियोमा सुनिन्छ । अडियो सार्वजनिक भएपछि प्रहरीको शाखमा ठूलो प्रश्न चिन्ह् उब्जीएको छ भने एउटा राजनीति गर्ने त्यसमा पनि मधेश प्रदेशको अध्यक्ष जस्ता नेताले गैर जिम्मेवार भएर प्रस्तुत हुनु राजनीति गर्ने नेताहरुको चरित्रलाई उदांगो बनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close