सिम्रौनगढको ब्यापारमा चैतर्फी घेरा बन्दी पसल बन्द गर्ने अवस्था

मुकेश मेहता, शुभम सन्देश । बाराको प्रसिद्ध बजार मध्येको एक सिम्रौनगढ बजार हाल राज्यको चौतर्फी घेरा बन्दीमा पर्दै गएको स्थानीयले जनाएको छ । सिम्रौनगढमा रहेको छोटी भन्सार कार्यालयको स्तर वृद्धि गर्न राज्यले कुनै सुन्वाइ गर्दैनन् जस्ले ब्यवसाय फस्टाउदैन हामी पीडित छौ ब्यपारी हरु पसलेहरु बताउछ । हाल आफुहरुको ब्यापार राज्यको चौतर्फी घेराउमा रहेको उधोग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लाल बाबू कुशवाहाले बताए । बजार बाट बिरगंज भन्सार र गैर भन्सारको दुरी करिब ३० कोलो मिटर रहेकोले माल समान मगाउदा ढुवानी भाडा बडी लाग्ने गर्द्छ । भारत बाट भरिया लगाइ थोरै थोरै समान मगाउदा प्रहरीले पक्राउ गर्छ , प्रहरीले छोड्यो भने पत्रकारले प्रहरीको मिलोमतो भएको भन्दै समाचार बनाउछ । हाल १० कोलो चिनी ५ वटा साडी वा ५ लिटर खाने तेल ल्याउदा तस्करीको माल समान भनेर प्रहरीले पक्राउ गरिरहेकोले अब आफुहरु अब पसल बन्द गर्ने अवस्थामा पुगेको अर्को दुकान्दार बताउछ्न । यता सिमाबाट हुने चोर तस्करी नियन्त्रण गर्ने प्रहरी र शस्त्र प्रहरीको हुने भएकोले आफुहरु ब्यापार परियोजनको ल्याउने माल समान पक्राउ गर्ने गरिएको र नागरिकले दैनिक उपभोगको आफ्नो घरायसी परियोजनका लागि ल्याउने थोरै समान मात्र छोड्ने गरेको प्रहरी बताउछ्न ।





