सिम्रौनगढ नगरपालिकाले सार्वजनिक गर्‍यो ६७ करोड ७१ लाखको नीति तथा बजेट

असार ०८, सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकाले १० औं गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि रु ६७ करोड ७१ लाख ३१ हजार ५८ बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

“सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण सिम्रौनगढको आधार” भन्ने मूल नारासहित प्रस्तुत गरिएको बजेटले शिक्षा, संस्कृति, युवा तथा खेलकुद, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएको छ ।

‘शिक्षा,संस्कृति,युवा तथा खेलकुद,स्वास्थ्य,पूर्वाधार,कृषि र सामाजिक सुरक्षाको क्षेत्रलाई विषेश प्राथमिकतामा जोड दिदै बाराको सिम्रौनगढ नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८२।०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारले नगरपालिकाको १० औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।

नगरपालिकाका उपप्रमुख नजमु शेहरको नेतृत्वमा प्रस्तुत निति तथा कार्यक्रमले नगरपालिकाको आय संकलनमा नेपाल सरकारबाट विभिन्न अनुदान शिर्षक अन्तर्गत ६७ करोड भन्दा बढी प्राप्त हुने अनुमान गरिएको छ ।

संघीय सरकारबाट समानिकरण अनुदान ११ करोड ३५ लाख ९८ हजार ५८ रुपैया ,सशर्त अनुदान चालु ३३ करोड ६३ लाख, सशर्त अनुदान समपुरक ८७ लाख, विषेश अनुदानमा पूंजिगत ६९ लाख, आन्तरीक राजश्व ३ करोड ९९ लाख ९२ हजार र गैर सरकारी संघ संस्थाबाट तथा दातृ निकायबाट २ करोड रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट विशेष अनुदान ३० लाख र प्रदेश सरकारकै समपुरक अनुदान २० लाख गरी ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँ अनुदान प्राप्त हुने छ ।

सभामा वडा अध्यक्षहरु लगायत गाउँ कार्यपालिका सदस्यहरुको उपस्तिथि रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close