जिल्ला प्रहरी कार्यालय बाराका S.P. तामाङ को तीन महिनाको प्रगति

कलैया : जिल्ला प्रहरी कार्यालय बारामा प्रमुखको रुपमा प्रहरी उपरीक्षक सन्तोष तामाङ्ग आएसंग माघ १८ गते देखि यता उल्लेखनीय प्रगति गरेको छ।
एसपी तामाङ्गको यस अवधिको कार्यकाललमा जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखामा दुई सय ९९ मुद्दा दर्ता गरिएकोमा एक सय २४ वटा मुद्दा फर्छयौट गरेको छ। फर्छयौट गर्न बाँकी मुद्दा एक सय ७५ वटा रहेको छ। लागु औषधमा ४१ मुद्दा दर्ता गरिएकोमा चारवटा मुद्दा फर्छयौट गरिएको छ।
यस अवधिमा बारा प्रहरीले ११ क्विन्टल नौ किलो छ सय २१ ग्राम गाँजा बरामद गरेको छ। यस्तै अफिम ४५ किलो पाँच सय ७१ ग्राम,ब्राउन सुगर ३२८.९ मि.ग्रा. चरेश ११ किलो छ सय ८० ग्राम प्रहरीले बरामद गरेको छ। यस्तै लागु औषधमा ५६ पुरुष र तीन महिला गरी ५९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
७६ जना फरार प्रतिवादिलाई प्रहरीले पक्राउ गरेको छ। फरार प्रतिवादीवाट १७ लाख ९९ हजार आठ सय रुपैयाँ जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बारा प्रहरीले छ करोड पाच लाख चौध हजार छ सय सन्ताउन रूपैयाँ बरावरको अबैध माल सामान बरामद गरी भन्सार दाखिला गरेको छ।
उजुरी शाखामा छ सय पाँच निवेदन परेकोमा चार सय ५६ उजूरी फर्छयौट गरिएको छ। महिला तथा बालबालिका शाखामा ६१ जना मध्ये २५ जना फेला परेको ३६ जना बाँकी रहेको छ। यस्तै घरेलु हिंसाको एकसय ६८ वटा उजूरी परेकोमा एक सय ३६ वटा फर्छयौट भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
झै–झगडामा १३ वटा निवेदन परेकोमा १२ वटा फर्छयौट गरिएको छ। नेपाल प्रहरीद्वारा छ जना बालिका र सात जना बालक गरी १३ जनाको उद्दार गरेका जानकारी दिइएको छ। यो अवधिमा हराएको मोवाइल फेला पारी मोवाइल धनीलाइ ३२ थान बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका हुन् ।





