धाक धम्की, देखाइ रकम असुली गारेको भन्दै एक पत्रकार बारा प्रहरीको नियन्त्रणमा

कलैया। बारा जिल्लामा व्यापार व्यवसायी गर्ने व्यक्तिहरूलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्दै आएको भन्दै एकजना लाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । ब्यापारीलाई पटकपटक धाक धम्की र अभद्र कार्य गरी रकम असुल गर्ने व्यक्तिलाई बिभिन्न माध्यबाट खोज तलास गर्दै जाँदा आज बाराको प्रसौनी गा.पा.वडा नं.३ प्रसौनी गण्डक चोकमा सो व्यक्तिलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१० घडिअर्वा घर भई ऐ.वडा नं.१६ नवगा टोल बस्ने आफुलाई पत्रकार भन्ने अं. वर्ष ४५ को विष्णु सर्राफ रहेको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डीएसपी विजयराज पण्डितले जानकारी गराए। प्रहरी नियन्त्रणमा रहेका सर्राफ उपर थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस






