बारामा लागू औषध गाँजा सहित ४ जना पक्राउ

बारा, फागुन १२ । केही महिनी देखि बाराको पथलैया र अमलेखगञ्जमा लागू औषध पक्राउको समाचार मा बढोतरी हुदौ आएको छ । सोही क्रममा विशेष सूचनाको आधारमा आइतबार प्रहरी चौकी पथलैया, बाराबाट प्र.ब.ना.नि.रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा नारायणगढबाट वीरगंज तर्फ जादैँ गरेको बा ४ ख ७५१७ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा निम्न व्यक्तिहरूले सिटमुनि लुकाई छिपाई राखेको करिब २७ किलो ग्राम लागू औषध गाँजा वरामद गरी सो लागू औषध ओसार पसार कार्यमा संलग्न रहेको ३ जना व्यक्तिहरू पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर राक्सिराङ्ग गा.पा.वडा न.१ हाँडिखोला बस्ने अ.बर्ष ४० को अर्जुन रूम्बा , सोही ठाउँ बस्ने अ.बर्ष ३४ को राजु लामा र सोही ठाउँ बस्ने अ.बर्ष ३१ को प्रदिप मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेकाहरु विरुद्ध औषध मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत कलैयाबाट दिन ७ म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ । यस्तै ईलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा हेटौडा बाट वीरगंज तर्फ जादै गरेको पैदल यात्री शंकास्पद लागी रोकी चेक जाँच गर्दा निजले बोकेको व्याग भित्र लुकाई छिपाई लगि रहेको अवस्थामा ४ किलो ९ सय ग्राम लागू औषध गाँजा वरामद गरी पर्सा जिल्ला बीरगन्ज १८ इनर्वाका २१ वर्षीय राज किशोर कुर्मी लाईनियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत कलैयाबाट दिन ७ म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close