नेपाल पत्रकार महासंघ बाराद्वारा आचारसंहिता पालन गर्न आग्रह

कलैया : नेपाल पत्रकार महासंघ बाराको शुक्रबार बसेको बैठकले जिल्लाका पत्रकारहरुलाई आचारसंहिता पालन गर्न आग्रह गरेको छ।
महासंघ बाराका सचिव पुष्पराज खतिवडाले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्र।
महासंघ बाराको तेस्रो पूर्ण बैठकले नेपाल पत्रकार महासंघ बारा शाखाको राष्ट्रिय वाणिज्य बैंक कलैया र महालक्ष्मी विकास बैंक शाखा कलैयामा रहेको बैंक खाता अध्यक्ष रमेश बहादुर सुवेदी क्षेत्री,सचिव पुष्पराज खतिवडा र कोषाध्यक्ष रंजन यादवको संयुक्त हस्ताक्षरबाट संचालन गर्ने निर्णय गरेको छ।
नेपाल पत्रकार महासंघ बारा शाखाको भवन मर्मत,कार्यालय सामाग्री (फर्निचर,सरसफाई,इन्टरनेट,कम्प्युटर लगायत विद्युतिय उपकरण) अभावमा महासंघको कार्य सम्पादनमा कठिनाई भैरहेको हुुँद प्रदेश एवं स्थानीय सरकार,स्थानिय उद्योग एवं संघ संस्था तथा कार्यालयहरूमा सहयोग माग गर्ने निर्णय समेत सो बैठकले गरेको छ।नेपाल पत्रकार महासंघ बारा शाखालाई पत्रकारहरूको हित र सहयोगमा संचालन गर्न आवश्यक आर्थिक व्यवस्थापन गर्न अध्यक्ष सुवेदी क्षेत्रीको संयोजकत्वमा ९ सदस्य आर्थिक एवं प्रशाशनिक व्यवस्थापन उपसमिति सो बैठकले गठन गरेको छ।
समितिको संयोजकमा रमेश बहादुर सुवेदी क्षेत्री सदस्यमा पुष्पराज खतिवडा,दुष्यान्त चौधरी,रञ्जन यादव,नारायण पौडेल,जिउत पूसाद यादव,शर्मालाल बैठा,धिरेन्द्र तिवारी,प्रभु प्रसाद यादव रहेका छन्।
बारा जिल्ला भित्र ठेगाना रहि नियमित संचालनमा रहेका पत्रपत्रिका,रेडियो,अनलाइन लगायतका संचार माध्यमलाई बारा शाखाको रेकर्डमा अध्यावधिक गर्न १५ दिने सूचना जारी गर्ने निर्णय सो बैठकले गरेको छ।
संचारकर्मीहरुको क्षमता विकास र संचारमाध्यमको दिगोपनाको लागी आवश्यक रणनीति एवं समानुपातिक बिज्ञापन व्यवस्थापनका लागी कार्यालयमा सिधै फाईल वा महासंघको आधिकारिक ईमेल मार्फत पठाईदिन अनुरोध गर्ने निर्णय समेत सो बैठकले गरेको छ।
कलैया । नेपाल पत्रकार महासंघ बारामा आवद्ध एवं जिल्लामा कृयाशिल संचारमाध्यमहरुमा कार्यरत संचारकर्मीरलाई पत्रकार आचार–संहितामा रहि आफुले गर्ने संचार कर्म गर्न गराउन बैठकले अनुरोध गरेको छ।
व्यक्तिको मानमर्दन हुनेगरी सामाजिक संजालमा नलेख्न,पोष्ट नगर्न कानुनी दायरा भित्र रहन र संचार माध्यमहरुको लोगो,साधन,सवारी साधन,ज्याकेट,परिचय पत्रको दुरुपयोग गर्न हुन नदिन सचेत गर्ने निर्णय समेत सो बैठकले गरेको छ।
उल्लेखित विषय विपरित कार्य गर्ने गराउने जोकोही माथी कानुनी कार्वाहीका लागि नेपाल पत्रकार माहासंघ बारा सम्बन्धीत निकायमा आग्रह गर्ने र त्यस्ता ब्यक्ति एवं संस्थाका पक्षमा जिम्मेवारी नलिने समेत जानकारी गराउने निर्णय सो बैठकले गरेको छ।






