वीरगञ्जमसशस्त्र प्रहरीद्वारा २१ लाख भन्दा बढी मूल्यको तस्करीको कपडा बरामद

आशिन २३, गते। वीरगञ्ज वडा नम्बर १६ नगवा सशस्त्र प्रहरीले वीरगञ्जको नगवास्थित तीन वटा घरमा छापा मारेर २१ लाख रुपैयाँभन्दा बढी मूल्यको तस्करीको कपडा बरामद गरेको हो ।                                          आज सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले नगवाको नयाँबस्तीस्थित तीन वटा घरमा छापा हानी, २१ लाख २१ हजार ८ सय रुपैयाँ मूल्यका विभिन्न ब्राण्डका कपडाहरू बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार, भारतबाट राजस्व छलेर ल्याइएको कपडा ती घरहरूमा गोदाम बनाएर भण्डारण गरि राखिएको  सूचना प्राप्त भएको थियो।                              नायब  प्रहरी उपरीक्षक धामीका  सटीङसुटीङका थान कपडा, कुर्था सेट लगायतका सामग्री भण्डारण गरिएको सुचना पाएपछि सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले छापा हानेर ती कपडाहरू बरामद गरेको हो।

बरामद कपडा आजै  आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिएका छन्। 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close