६५ करोडको बजेट बिनयोजन गर्दै सिम्रौनगढको ९ औँ नगरसभा सम्पन्न
मुकेश कुमार मेहता
८ असार,सिम्रौनगढ ।
बाराको इतिहासिक ,पुरातात्वीक तथा पर्यटकीय सथलको रुपमा पहिचान बनाएको सिम्रौनगढ नगरपालिकाको नीति तथा कार्यक्रम संगै ९ औँ नगरसभामा ६५ करोडको बजेट सार्वजनिक गरि सम्पन्न भएको हो ।
नगरपालिका बाट आर्थिक वर्ष ०८१÷०८२ को नीति, कार्यक्रम तथा बजेट शनिवार अत्यन्त सौर्हादपुर्ण वातावरणमा सार्वजनिक भएको छ ।
सिम्रौनगढका नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा नगरपालिकाको सभाकक्षमा सम्पन्न सो नगरसभाबाट आगामी वर्षका लागि ६४ करोड ७२ लाख ३६ हजार रुपैँयाको अनुमानित बजेट नगर उपप्रमुख नजमु शेहरले प्रस्तुत गरिन् । बिन्योजित बजेट मध्ये वित्तिय समानिकरण अनुदान १३ करोड ६५ लाख, राजस्व बाडँफाँड ११ करोड २७ लाख, यस्तै संघीय सरकारबाट प्राप्त हुने सशर्त÷समपुरक, विशेष अनुदानतर्फ २६ करोड ३० लाख ३६ हजार, तथा आन्तरिक स्रोत ८ करोड, सडक बोर्ड ५० लाख र राष्ट्रिय योजना आयोग बाट ५ करोड रुपैँया अनुमान गरिएको छ ।

बजेटमा आर्थिक एवम् बिकासका कार्यलाई तिव्र पार्ने, नगरपालिकाको लोक कल्याणकारी भुमिकालाई सुदूढ बनाउने, सामाजिक सुरक्षा एवम् संरक्षण प्रदान गर्ने, सार्वजनिक स्रोत साधनलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्दै उत्थानशिल नगरपालिका घोषणा गर्ने लगायतका बिषय वस्तुहरु समावेश गरिएको छ । सो नगर सभामा प्रमुख प्रशासकिय अधिकृत जयनारायण प्रसाद यादवले स्वागत गरेका थिए भने सभालाई स्वास्थ्यकर्मी मनु यादवेन्द्रले सन्चालन गरेका थिए । सो अवसरमा वडा नं. १ देखि ११ सम्मका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु लगायत लेखा अधिकृत गोविन्द कोईराला, पूर्व प्रशासकिय अधिकृत विरेन्द्र साह, ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राई, सशस्त्र प्रहरी गोलागन्जका प्रहरी निरिक्षक माधव प्रसाद ढुङेल, उपमेरका श्रीमान युवा नेता शेख मोतिम, नगर प्रहरी प्रमुख रबिन्द्र यादव, जिन्सी शाखाका सुरेश यादव, पशु शाखाका शेख अंसारुल नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता लगागत सन्चारकर्मीहरु समेतको उल्लेख्य उपस्थिती रहेको थियो ।





