सिम्रौनगढबाट ३ केजी ४ ग्राम गाँजासहित एकजना भारतिय युवा पक्राउ

२७ जेठ, सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा ३ केजी ४ ग्राम लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
नगरपालिकाको वडा नम्बर ९ बसवरीया बाट गाँजासहित एकजना पक्राउ परेका हुन् ।
बसवरीया बाट झरौखर नाका भइ भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी जिल्ला जितना थाना अन्तरगतका बिजबनी गाउँ निवासी देवनरायण भगत रहेका छन् ।
गोप्य सूचनाको अधारमा भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले सीमावर्तित झरोखर गाउँमा छापामारी गरी भगतलाई पक्राउ गरेको जनाएको छ । गाँजासहित पक्राउ परेकालाई झरोखर थानामा बुझाइएको एसएसबीले जनाएको छ ।
छापामारी टोलीमा एसएसबी सहित झरोखर थाना अध्यक्ष शिवनाथ माझी लगायत प्रहरीहरुको सकृय सहभागिता रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस





