बचत तथा त्रण सहकारी संस्था लिमिटेडको संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन गराउन मन्त्रालयको पत्राचार
कलैया बाराको महागढीमाई नपा २ स्थित रहेको पालनपोषण बचत तथा त्रण सहकारी संस्था लिमिटेडको संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तीन महिना भित्र गराउन सहकारी मन्त्रालयले पत्राचार गरेको छ । उक्त संस्थाको मिति २०८० कार्तिक १० गते बोलाईएको ११ औ साधारण सभा सम्बन्धमा प्रदेश सहकर्मी ऎन २०७९ को दफा ४० को ४ बमोजिम गणपुरक संख्या नपुगेको साथै तथा सहकारी संस्थाको साधारण सभा निर्देशिका २०७६ को दफा ६ र ८ बमोजिमको प्रक्रिया नपुरयाई संचालक समिति गठन गरिएकोले सो समिति लाई खारिज गर्न सहकारी संस्था लिमिटेडको तत्कालीन सचीव मुक्ती साह कानुले उच्च अदालत बिरगंज समेत पुनरावेदन गरेका थिए । मधेस प्रदेश सरकार अन्तर्गतको भुमी ब्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय जनकपुरधामले मिति २०८० चैत्र ७ गते पालनपोषण बचत तथा त्रण सहकारी संस्था लिमिटेडको नाममा पत्राचार गरेर तीन महिना भित्र गर्न निर्देशन दिइएको छ । सहकारीको बिधान अनुसार ३० दिन अगाडि सहकारीले निर्वाचन उपसमिति गठन गर्नुपर्ने तथा १५ अगाडि संस्थाको सद्स्यलाई साधारण सभाको लागि सुचना दिनु प्रने प्रावधान रहेको छ । यता पालनपोषण बचत तथा त्रण सहकारी संस्था लिमिटेडको अध्यक्ष नन्दकिशोर कुशवाहाले सहकारी मन्त्रालयले गणपुरक संख्या नपुगेको भन्दै पुन : संचालक तथा लेखा सुपरिवेक्षण समिती गठन गर्न निर्देशन दिईएको आधारमा तत्कालीन संचालक समितिको अधिकार नै नभएको अवस्थामा बर्तामान संचालक समितिले गठन गर्न नसकिने जानकारी दिनु भयो । तीन महिनाको हद म्यादमा हामी संचालक समितिले पत्राचार गरेर मन्त्रालय बाट नै पदाधिकारी बोलाई साधारण सभा र समिती चयन गर्न प्रतिक्रिया दिनु भयो ।




