नारायणी अस्पतालमा ओजेटी छात्रासँग दुर्व्यवहार गरेको आरोपमा सीएमए चौरसिया पक्राउ

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक जना महिलासँग दुर्व्यवहार गरेको आरोप लागेको छ ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत सीएमए अगन्ध चौरसियाले सोही शाखामा अन द जब ट्रेनिङ ९ओजेटी० का रूपमा कार्यरत रहेकी दुई जना छात्रासँग यौन प्रस्ताव राख्दै दुर्व्यवहार गरेको आरोप लागेको हो ।
चौरसियाविरुद्ध दुवै जना छात्राहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार निवेदन दिएपछि उनलाई हाल प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक ९एसपी० कुमोद ढुङ्गेलले चौरसिया प्रहरी हिरासतमा रहेको पुष्टि गरे । एसपी ढुङ्गेलले यात्रा डेलीसँग भने, ‘चौरसियामाथि केटीलाई फ्रेण्ड रिक्वेस्ट पठाएको भरमा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यसमा खासै बलियो र पुष्ठि हुने प्रमाण भने पाइएको छैन । अनुसन्धान भइरहेको छ, पुष्ठि भएमा कानुनअनुसार कारवाही हुनेछ भने पुष्ठि नभए २४ घण्टापछि चौरसियालाई हिरासतमा राख्न मिल्दैन ।’





